काठमाडौं । नेपालमा यतिबेला ८ वर्ष पुरानो बलात्कारको घटनालाई लिएर चर्चा भइरहेको छ ।
एक मोडललाई ६ महिनासम्म बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ परेका छन् । बलात्कारका घटना भारतमा पनि अत्याधिक छ ।
त्यहाँ दैनिक रुपमा फिल्मी शैलीमा बलात्कारका घटना भइरहेका छन् । भारत, राजस्थान, जयपुरमा फेसबुकमा बनेका साथीले एक युवतीलाई बलात्कार गरेको घटना बाहिर आएको छ ।
होटलमा अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्दै ९ महिनासम्म पटक–पटक बलात्कार गरेको खुलेको हो ।
पीडितको उजुरीका आधारमा सिन्धिकम्प प्रहरी चौकीले शुक्रबार मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । सिकर निवासी २१ वर्षीया निता (नाम परिवर्तन) ले उजुरी दर्ता गराएको एसएचओ गुञ्जन सोनीले बताउनुभयो ।
उनी बापुनगरमा पढ्छिन् । सन् २०२१ मा अलवर निवासी मनिष जागीडसँग उनको मित्रता भयो ।
फेसबुकमा साथी बनेपछि दुवैले मोबाइल नम्बर साटासाट गरे । दुवैबीच मोबाइलमा कुराकानी हुन थाल्यो । २० अगस्टमा आरोपी मनिषले उनलाई सिन्धिक्याम्पस्थित होटलमा भेट्न बोलाएका थिए । आरोपितले उनलाई होटलको कोठामा जबरजस्ती बलात्कार गरेको आरोप लगाइएको छ ।
बलात्कारका क्रममा अश्लील भिडियो पनि बनाइएको थियो । परिवारका सदस्यलाई मार्ने धम्की पनि दिइयो ।
त्यसपछि अश्लील भिडियो भाइरल बनाउने धम्की दिएर आरोपी मनिष जागीडले उनलाई फोन गरेर पटक–पटक बलात्कार गर्दै आएका थिए । विगत ९ महिनादेखि भिडियो देखाएर ब्ल्याकमेल गर्दै बलात्कार गर्थे ।
धेरै गाह्रो भएपछि पीडित युवतीले आफ्नो पिडा परिवारसमक्ष सुनाइन् । शुक्रबार दिउँसो परिवारका सदस्यसहित आएकी पीडित युवतीले आरोपितविरुद्ध उजुरी दिएकी छन् ।