त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गरेको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०७८ साल चैत महिनामा संचालन भएको स्नातकोत्तर तह रसायन शास्त्र विषय दोश्रो वर्ष चौथो शत्र २०७५ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।

अर्घाखाँचीमा छोरी कम जन्मिए
अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी दिनुभयो । पछिल्ला दुई वर्षको तथ्याङ्क हेर्दा पनि जन्मिएका छोरीको सङ्ख्या कम छ । गएको वर्ष अर्थात् २०७७÷७८ मा ७५२ छोरा र ६२१ छोरी जन्मिएका छन् ।

विसं २०७६÷७७ मा कूल एक हजार ३४० बच्चा जन्मिएकामा ६२२ छोरी र ७१८ छोरा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयलगायत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतनको सुविधा छ । मानिस अवैधानिक रुपमा जिल्ला बाहिर जानेर र भ्रुण जाँच गरी गर्भपतन गर्ने बढिरहेका बताइएको छ ।

जिल्लामा गत साउनदेखि यता फागुन मसान्तसम्म ४७७ ले स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन सेवा लिएका छन् । गएको वर्ष २०७७÷७८ मा ६५७ र आर्थिक वर्ष २०७६÷७७ मा ६५३ जनाले सूचीकृत स्वास्थ्य संस्थामा गई गर्भपतन सेवा लिएको जनाइएको छ ।

सन्धिखर्क नगरपालिकासहित जिल्लाभर छोराको तुलनामा छोरी कम जन्मन थालेपछि छोरी जन्माउने परिवारमा उत्साह थप्न नगरपालिकाले नगर प्रमुख खुत्रुके बचत योजना सुरु गरेको छ । नगरपालिकाले छोरीको खातामा रु तीन हजार जम्मा गर्न सुरु गरेपछि स्थानीय बालिकाका अभिभावक पनि खुसी भएका छन् ।

अवैधानिक रुपमा भु्रण जाँच गरी छोरा भए राख्ने छोरी भए गर्भपतन गर्ने बढेपछि छोरी जन्मिए उनीहरुको खातामा नगरपालिकाले रु तीन हजार राखिदिने भएको हो । सन्धिखर्क नगरपालिकाका स्थायी बासिन्दा भई स्वास्थ्य संस्थामा आर्थिक वर्षको साउनदेखियता जन्मिएका छोरीहरुको निःशुल्क खाता खोली त्यो खातामा रकम जम्मा गरिदिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

सो नगरपालिकामा गत आर्थिक वर्ष २०७७÷७८ मा ५९८ बालबालिका जन्मिएका छन् । जन्मिएका बालबालिकामध्ये २९१ बालक र २६७ बालिका रहेर्को नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताउनुभयो ।

सम्बन्धित खबरहरु