काठमाडौं । भक्तपुरको सिरुटार, उपयोगी चोकबाटभित्र यी आमा फेला पर्नुभएको छ ।

ज्यान सवै हिलाम्मे थियो । उहाँको नाम सरस्वती सापकोटा बताउनुहुन्छ । घर नुवाकोट भन्नुहुन्छ ।

कोही कसैको सम्पर्क नम्बर छैन । आफै जानसक्ने उहाँलाई थाहा छैन । आफन्त आए घर जाने इच्छा छ ।

उहाँलाई चिन्नेले घरमा पुर्याउनका लागि मद्धत गरौ । चिन्ने आफन्तसम्म पुग्नेगरी सेयर गरौँ । सेवा नै मानवीय धर्म हो । सबैले सहयोग गरौँ ।

उहाँलाई अहिले स्थानीयले महानगरीय प्रहरी वृत थिमिमा पठाइएका छन् । उद्धारमा खटिने प्रहरी सहायक निरिक्षक सम्शेर श्रेष्ठ र उहाँको टिमलाई धन्यवाद ।

कसैले चिनेको भए ठिमीमा सम्पर्क गर्न लगाइदिनुहोला । ठिमी प्रहरीले मानवीय सहायता संस्थामा जिम्मा लगाउने तयारी गरीरहेको छ । तर आमा घर जान चाहानुहुन्छ ।

सम्बन्धित खबरहरु