काठमाडौं । काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन सकेको छैन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अझै पनि नतिजा आउन नसकेको हो । निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम आइसकेको छ ।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको छ । काठमाडौं र तिलोत्तमामा पनि मतगणना अन्तिम चरणमै पुगेको छ ।

तर त्रियुगामा मतदानमै विवाद भएका कारण ढिलो गरी मतगणना सुरु भएको थियो । सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउने भएको छ ।

सम्बन्धित खबरहरु