काठमाडौं । बुद्ध एयरको अमानवीय हर्कत बाहिर आएको छ ।

घटना थाहा पाउँदा जो कोहीको मन दुख्नेछ । रिस उठ्नेछ । आगोले जलेर घाइते बाजुराकी लोकश्वरि कुँवर सिकिस्त हुनुहुन्थ्यो ।

उहाँलाई काठमाडौंको ठूलो अस्पतालमा उपचार गर्न चिकित्सकले रेफर गर्नुभयो । त्यहाँबाट धनगढी ल्याइयो ।

धनगढीबाटपनि काठमाडौं लैजान भनेपछि काठमाडौं लैजान चिकित्सकले विमानमा उडान भर्न सक्ने ( फिट टू फ्लाई ) प्रमाणपत्र बनाइदिनुभयो ।

उक्त सर्टिफिकेट पाएपछि बुद्ध एयरको जहाजको टिकट लिइयो । तर जहाजले ल्याउन मानेन । हिजो साँझ ६ बजे बुद्व एयरको टिकट बनाएका थियौँ । उहाँको सहयोगमा खटेको टोलीका एक सदस्यले भन्नुभयो ।

जहाजको डिले फलाइट भएर धनगढी एयरपोर्टमा राति ९ बजे पछि मात्र पुग्यो । बिरामीलाई बोडिङ्ग सम्म गर्न लगाए, तर अन्त्यमा बुद्व एयरका कर्मचारी र पाइलटले “हुदैँन, लिदैनौँ भनेर एयरपोर्टबाट फिर्ता गराए” उहाँ निकट स्रोतले बतायो ।

चिकित्सकले जहाज चढन मिल्छ भनेर सिफारिश गर्दा पनि बुद्व एयरका अमानवीय मन भएका कर्मचारीहरुले लिन मानेनन् । जहाजले उडाउँदैनौ भनेपछि बिहान धनगढी पुग्नुभएकी सिकिस्त बिरामी धनगढी राखिएको थियो । जहाजले नलिएपछि एयरपोर्टबाट राति १० बजे फिर्ता गरियो ।

बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाह र हामीले बुद्व एयरको पाइलट र कर्मचारी टिमलाई १० बजे रातिसम्म धेरै अनुरोध गर्दा पनि बिरामी लोकशरी कुँवरलाई लान मानेन ।

कस्तो अचम्म ! बिरामी, अशक्त र ईमर्जेन्सी उपचार गर्ने खालका मानिसलाई नलाने रहेछ । अनि यो कस्तो खाले नियम रहेछ ?

जो विमानमा सवार गर्न सक्छन् भनेर चिकित्सकले प्रमाणित गर्दापनि हेलिकोप्टर वा त्यही जहाज नै रिजर्भ गर्नुपर्ने हो ? एयर एम्बुलेन्सको रुपमा प्रयोग गर्ने र ६ वटा सिट लिनेभए उडाउन सक्छौँ भन्दा हामी अति दुखी बन्यौँ ।

यो प्राईभेट सेवाको दादागिरि हो वा के हो ? बिरामी लिन पावर चाहिने हो वा गरिब बिरामीलाई लिन नमान्ने हो ? एयरपोर्टमा कुर्न बाध्य बनाएर अन्तिममा नलिनु भनेको मानवता रित्तिएको हर्कत गर्नु हो ।

बिरामीको सहयोगमा जुट्नुभएकी पत्रकार प्रेस चौतारी नेपालकी केन्द्रीय सचिव लोग्शरी कुँवरले यी अधिकांश शब्द र तथ्य आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ । नियमन निकायले यो कुरा सुनोस् । अन्यथा सचेत नागरिक आगोको ज्वाला जस्तै दन्किन नपरोस् ।

सम्बन्धित खबरहरु