काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथी कडा टिप्पणी गर्नुभएको छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम अस्थिरताको घोषणापत्र भएको आरोप लगाउनुभयो ।

नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिँदै ओलीले शब्दजालको पुलिन्दा, तेलमा तारिएको तर चास्नीमा डुवाउन बाँकी जेरी जस्तो भएको टिप्पणी गर्नुभयो ।

नीति तथा कार्यक्रमले राज्य संयन्त्रमा अनिश्चियको संकेत गरेको, भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको भन्दै उहाँले अभन्नुभयो, ‘यो दस्तावेज देशमा स्थिरता र स्थायित्व हुन नदिने अस्थिरताका सम्वाहक शक्तिबाट अस्थिरताका चाहानाका साथ बनाइएको गठबन्धनको अस्थिताकै घोषणापत्र हो ।’

उहाँले थप भन्नुभयो तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’

नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुनाहरू रहेको उहाँको दावी छ ।

उहाँले नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाउनुभयो । ओलीले भन्नुभयो, ‘६५ पृष्ठमा १४५ वटा बुँदा राखेर ल्याइएको छ ।

यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ ध्यान नदिई वर्णमालाका अक्षरहरूभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगति नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्यहरू छन् ।’

 

सम्बन्धित खबरहरु