काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्न सक्नुहुन्न भने किन सरकारमा बस्नुहुन्छ ? भन्दै प्रश्न उठाउनुभएको छ ।

नेपालको हो की होइन ? यो सदन जान्न चाहान्छ ? प्रमुख प्रतिपक्ष सुन्न चाहान्छ । समग्र नेपाली सुन्न चाहान्छन् तपाईले भन्नै पर्छ हो की होइन ?

सरकारका नीति तथा कार्यक्रमका सम्बन्धमा संसदमा बोल्दै अध्यक्ष ओलीले यो सरकारले आफ्नो भूमि समेत आफ्नो हो भन्न नसकेर लाचार बनेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो मेरो नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा नै ऐतिहासिक दस्तावेजका आधार अध्ययन गरेर नेपालको नयाँ नक्सा जारी गरिनेछ भनेर लेखिएको थियो ।

तथ्यले नेपालको हो भन्ने देखिएपछि नक्सा जारी भएको छ । यही संसदले सर्वसहमतिले पारित गरेर संविधानको अंश बनाएको छ र पनि अहिलेको नीति तथा कार्यक्रममा नेपालको भूमि हो भन्न सक्नुभएन ?

तपाई कुन हैसियतले सरकारको नेतृत्व गर्नुहुन्छ ? उहाँले थप भन्नुभयो, प्रतिपक्षले स्वाधिनताको रक्षा गर्न सक्छ ? सरकारले गर्ने हैन ? प्रतिपक्ष मात्र बोल्नुपर्ने, तपाई बोल्नुहुन्न ?

 

सम्बन्धित खबरहरु