दमक । दमक नगरपालिकाका नवनिर्वाचित मेयर राम थापाले पदभार ग्रहण गर्नुअघि मन्दिरमा कसम खानुभएको छ ।

उहाँले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनी स्थानीय दुर्गा मन्दिरमा कसम खानुभएको हो ।

राप्रपाबाट निर्वाचित उहाँले पार्टीको निर्देशन भन्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित मन्दिरमा कसम खानुभयो ।

‘नगरपालिका शासन गर्ने थलो होइन, सेवा गर्ने थलो हो। यहाँ जनताको सेवा गर्न आएको हुँ,’ उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको निर्देशनअनुसार उम्मेदवार बन्नुपूर्व नजिकको मठमन्दिरमा गएर प्रण गर्‍यौँ। निर्वाचित भएपछि पनि पदमा रहुन्जेल भ्रष्टाचार गर्दिनँ भनेर गरेका हौँ।’

नगरपालिकाको पछाडिपट्टि रहेको दुर्गा मन्दिरमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित थापा सोमबार पदभार ग्रहण गर्नुपूर्व पुग्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु