काठमाडौं । प्रायः नेपालजस्ता देशहरुमा प्रहरी कुनै पनि घटना भैसकेपछि आउने गरेको गुनासो गरिन्छ ।

तर हालै अमेरिकामा पनि प्रहरी घटना भएपछि धेरै ढिला पुगेको छ ।

टेक्सास विद्यालयमा भएको आक्रमणको अनुसन्धानमा संलग्न शीर्ष सुरक्षा अधिकारीले नै सो कुरालाई स्वीकार गरेका हुन् ।

त्यहाँको उभल्दे शहरको रोब प्राथमिक विद्यालयमा भएको आक्रमणको जवाफ दिन प्रहरीले ढिला गरेको भनिएको छ ।

आक्रमणकारीले विद्यालयभित्र गोली चलाउँदा प्रहरीले तत्काल कक्षाकोठाभित्र पसेर रोक्न नसकेको ती अधिकारीले बताए । उनका अनुसार यो गलत निर्णय थियो ।

मंगलबार भएको उक्त आक्रमणमा २१ जनाको मृत्यु भयो । जसमध्ये १९ बालबालिका र अधिकांश पाँचदेखि सात वर्षका बालबालिकाहरु थिए ।

शीर्ष प्रहरी अधिकारी स्टिभन म्याक्रले शुक्रबार पत्रकार सम्मेलनमा भन्नुभयो, ‘यदि मलाई यो सहयोगी हुनेछ जस्तो लाग्छ भने म पक्कै माफी माग्छु ।’ उहाँले गोलाबारी भइरहेको कोठामा प्रहरी अधिकारीहरू प्रवेश गर्न ढिला गरेको स्वीकार गर्नुभयो ।

कक्षामा उपस्थित विद्यार्थीहरूले बारम्बार फोन गरेर प्रहरीलाई भित्र आउन आग्रह गरिरहेका थिए । म्याक्रका अनुसार स्कूलमा उक्त गोलाबारी सुरु भएको ४० मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरी विद्यालयमा आएको ४० मिनेटपछि गोली चलिरहेको ठाउँमा प्रवेश गर्ने निर्णय गरेको थियो । घटनास्थलमा पुगेका वरिष्ठ प्रहरी अधिकारीहरूले विद्यालयको चाबी (साँचो) पर्खिरहेका थिए, जुन त्यस विद्यालयका पालेसँग थियो ।

त्यसबेलासम्म प्रहरीले कुनै बच्चा खतरामा नभएको वा आक्रमणकारीले सबैलाई मारेको भन्ने अनुमान गरेको थियो । झट्ट हेर्दा उनीहरु डरले गोली चलिरहेको ठाउँमा नगएको आशंका गरिएको छ ।

 

सम्बन्धित खबरहरु