काठमाडौं । योजनावद्ध तरिकाले एक जना चर्चित मोडलको अश्लील भिडियो देखाएर पैसा असुल्न खोज्नेहरु पक्राउ परेका छन् ।

भिडियो देखाएर ७ करोड रुपैयाँको बार्गेनिङ गर्नेहरु समातिएका हुन् ।

ती मोडलका प्रेमीसँगको अश्लील भिडियो हात पारेपछि उनीहरुले ब्ल्याकमेल गर्न खोजेका हुन् ।

भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर बार्गेनिङ गरेको उजुरीका आधारमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार योजनावद्ध तरिकाले पिडितलाई पटक–पटक फोन गरी तथा प्रत्यक्ष भेटी डर, धम्की तथा त्रास देखाई ७ करोड मागेका थिए ।

सोही सूचनाको आधारमा अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बिहीबार ७ जनालाई समातेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सुजन आचार्य समेत ७ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।

उनीहरुविरुद्ध आपराधिक लाभ मुद्दामा थप अनुसन्धान थालिएको छ । थप अनुसन्धानका लागि सबैलाई जिल्ला प्रहरी परिसर पठाईएको छ । यी हुन् पक्राउ परेका व्यक्तिहरू :

  • १. नाम : सुजन आचार्य
    उमेर : २१ बर्ष
    ठेगाना : त्रियुगा-१०, उदयपुर हाल का.जि.गोठाटार
  • २. नाम : टेक वि.क.
    उमेर : २९ बर्ष
    ठेगाना : सान्नित्रिवेणी-०८, कालिकोट हाल का.जि.बुढानिलकण्ठ
  • ३. नाम : धर्मराज थापा
    उमेर : २९ बर्ष
    ठेगाना : खप्तडछान्ना-०७, बझाङ हाल का.जि.कोटेश्वर
  • ४. नाम : उमेश भण्डारी
    उमेरः ३३ वर्ष
    ठेगाना : तेमाल-०२, काभ्रेपलाञ्चोक हाल का.जि.कांडाघारी
  • ५. नाम : बसन्ता खनाल
    उमेर : २९ बर्ष
    ठेगाना : गुल्मी धुरकोट-०२, हाल : का.जि.रातोपुल
  • ६. नाम : सुरज शर्मा
    उमेर : ३२ बर्ष
    ठेगाना : भरतपुर-११, चितवन हाल का.जि.सिनामंगल
  • ७. नाम : श्रवण कार्की
    उमेर : ३३ बर्ष
    ठेगाना : का.म.न.पा.-०९ हाल : का.जि.सिनामंगल

सम्बन्धित खबरहरु