काठमाडौं । भारतमा भएको सडक दुर्घटनामा नेपाली दम्पत्तीको निधन भएको छ ।

भारतको हैदरावादमा टिपरको ठक्करबाट नेपाली दम्पतीको निधन भएको हो ।

प्युठान स्वर्गद्वारी नगरपालिका तापा–७ का स्थानिय बासीन्दा उनीहरु दाङ भालुवाङको पिपरीमा बसाई सरेका थिए ।

पछि उनीहरु ९ वर्ष देखि भारतमा काम गर्थे । भीमलाल भण्डारी र मीनादेवी भण्डारी भारतको एक चाइनिज रेष्टुरेष्टमा ९ काम गर्दै आएका थिए ।

आइतबार राति ११ः४० बजे आफूले काम गर्ने चाइनिज रेस्टुरेन्ट बन्द गरी घर फर्कने क्रममा टीएस ०८ यूई ०३४६ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरूको घटना स्थलमै निधन भएको भारतीय प्रहरीको भनाई उल्लेख गर्दै मिडियाले लेखेका छन् ।

गत नौ वर्षदेखि चाइनिज फास्टफुड चलाउँदै आएका निजका दुई छोराहरू सुजन भण्डारी १३ वर्षका र सुमन मण्डारी नौ वर्षका रहेका छन्।

दुर्घटना गराउने टिपर र चालकलाई पक्राउ गरिएको छ भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा मृतकका परिवारलाई क्षतिपुर्ती दिलाउन आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको मूल प्रवाहले जनाएको छ।

सम्बन्धित खबरहरु