काठमाडौँ । गोजु–काई करातो–डो संघ, जापानले ३५ जना कराते खेलाडीलाई ब्ल्याक बेल्ट डनको प्रमाणपत्र प्रदान गरेको छ । संघको नेपाल शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र शाहले थर्ड डन ३ जनालाई, सेकेण्ड डन ६ जनालाई र फष्ट डन २६ जनालाई प्रदान गरे ।
प्रमाणपत्र पाउनेहरुमा ब्ल्याक बेल्ट सान थर्ड डनतर्फ गोविन्द गुरुङ, राकेशकुमार राजवंशी, श्यामकृष्ण बाटा, ब्ल्याक बेल्ट नि सेकेण्ड डनतर्फ प्रेम थापा, चन्द्र खत्री, फुर्वा नीमा लामा, शान्ति लामा, सूर्यबहादुर थिङ, अच्युतराज उप्रेती, ब्ल्याक बेल्ट शो फस्ट डनतर्फ सोनु कार्की रहेका छन् ।
यसैगरी रमिता तामाङ, विवेक तामाङ, रितेश श्रेष्ठ, चोक्गेल्जे शेर्पा, सञ्जय तामाङ, भरत सिंह तामाङ, शारदा खनाल, सोनाम छुतेन शेर्पा, निर्मल गुरुङ, मनोज तामाङ, आशीष भूजेल, वैभवदास जोशी, पेमा तामाङ, मुस्कान केसी, छिरिङ लामा, मनिता न्यौपाने, सुनिल गुरुङ, सोनाम शेर्पा, थोप्तेन डिकी लामा, सागर प्रजापति, सीमा घर्ती, शीला देवान, राजन राई, सञ्जीव सुनुवार र जीतबहादुर पुलामी पनि पाएका छन् ।
चिल्ड्रेन मोडेल स्कूलका अध्यक्ष देवराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल गोजु–काई करातो–डो संघका संयोजक इन्द्रबहादुर शाही खड्गे र युवराज भण्डारीले खेलकूदले शारीरिक, मानसिक विकासमा मद्दत गर्ने धारणा राखेका थिए ।