काठमाडौं । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युक्रेनले डेनमार्कबाट हार्पुन एन्टी–शिप मिसाइल र अमेरिकाबाट स्व–चालित हाविट्जरहरू प्राप्त गर्न थालेको बताउनु भएको छ ।

ओलेक्सी रेज्निकोभले आफ्नो फेसबुक पेजमा लेख्नुभयो, ‘हाम्रो देशको तटीय रक्षा हार्पुन मिसाइलले मात्र बलियो बनाउँदैन, तर तालिम प्राप्त युक्रेनी टोलीहरूले प्रयोग गर्नेछन् ।’

रेज्निकोभले हार्पुन क्षेप्यास्त्रको आपूर्ति धेरै देशबीचको सहकार्यको परिणाम भएको बताउनुभयो ।

युक्रेनले यस्ता अत्याधुनिक हतियारको माग गर्दै आएको छ । तर हालसम्म धेरैजसो सहयोग छोटो दूरीमा प्रहार गर्न सक्ने एन्टि–ट्याङ्क हतियारको रूपमा मिलेको थियो ।

अमेरिकाले युक्रेनलाई लामो दूरीका भारी हतियार आपूर्ति गर्ने अनुरोधमाथि विचार गरिरहेको छ ।

तर यस विषयमा अहिलेसम्म अन्तिम निर्णयमा पुगेको छैन । पेन्टागनका अनुसार हार्पुन क्षेप्यास्त्रले उपग्रहबाट चल्ने प्रणाली प्रयोग गर्दछ, जसले गैर–लडाकू लक्ष्यहरू प्रहार गर्ने जोखिमलाई धेरै कम गर्छ । यसलाई जहाज र पनडुब्बीबाट पनि निकाल्न सकिन्छ ।

 

सम्बन्धित खबरहरु