काठमाडौं । भारतभर हंगामा मच्चाएको एक गायकको हत्यामा नयाँ मोड आएको छ ।

दिल्ली प्रहरीका अनुसार उनीहरूले गायक एवं राजनीतिज्ञ सिन्धु मुसेवालाको हत्यामा ग्याङ्गस्टर लरेन्स बिश्नोईको भूमिकामाथि अनुसन्धान गरिरहेका छन् ।

क्यानडाका ग्याङ्गस्टर गोल्डी बरारले हत्याको जिम्मेवारी लिएपछि घटनामा नयाँ ट्विस्ट आएको हो । अङ्ग्रेजी पत्रिका ‘द इन्डियन एक्सप्रेस’को रिपोर्टका अनुसार दिल्ली प्रहरीको विशेष सेल स्रोतले ब्रारको गिरोह लरेन्स बिश्नोईको हिस्सा भएको बताएको छ ।

यस गिरोहसँग सम्बद्ध धेरै व्यक्तिहरू पहिलेदेखि नै दिल्ली र आसपासका जेलहरूमा छन् । अखबारले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भन्यो, ‘प्रहरीले क्यानडाबाट कथित रूपमा ब्रार गिरोहलाई मार्ने धेरै योजनाहरूको अनुसन्धान गरिरहेको छ ।’

अधिकारीका अनुसार बिश्नोई र उनको गिरोहको दिल्ली, राजस्थान, पञ्जाब र हरियाणामा आपराधिक रेकर्ड छ । बिश्नोई हाल राजस्थानको जेलमा छन्, उनी त्यहाँबाट आफ्नो गिरोह चलाउँछन् ।

गत वर्ष फेब्रुअरीमा, ब्रारले विष्णोईको सहयोगमा पञ्जाबमा युवा कांग्रेस नेता गुरलाल सिंह बलवानको हत्याको योजना बनाएका थिए ।

बलवानमा १०–१२ गोली चलाउने तीनजनालाई आफ्नो टोलीले पक्राउ गरेको डिसीपी मनिषि चन्द्रले त्यतिबेला सञ्चारमाध्यमलाई जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो, ‘आरोपीहरूले आफ्नो अपराध स्वीकार गरेका छन् ।’

सिंहु नाकामा किसान आन्दोलनको बेलादेखि बलवान उनीहरुको निशानमा रहेका थिए । गत २६ जनवरीमा जन्तर मन्तरमा भएको हिंसाको बेला पनि उनीहरु बलवानको पछि लागेका थिए । तर भीडका कारण उनीहरुले आफ्नो योजना पूरा गर्न सकेनन् ।

ब्रारको निर्देशनमा फेब्रुअरीमा उनको हत्या गरिएको थियो । बिश्नोईसँग सम्बद्ध उनका सहयोगीहरू आफैं पनि गुण्डाको रूपमा चिनिन्छन् । उनका साथी सम्पत नेहराले बलिउड अभिनेता सलमान खानको हत्याको योजना बनाएका थिए ।

सन् २०१८ मा हरियाणा विशेष टास्क फोर्सले उनलाई पक्राउ गरेको थियो । चण्डीगढका पूर्व प्रहरी अधिकारीका छोरा नेहराले अप्रिल २०१८ मा चण्डीगढमा पञ्जाबी गायक परमिश वर्मामाथि आक्रमण गरेको दाबी गरेका थिए ।

यस गिरोहका अन्य सहयोगीहरु काला जठेदी, मोन्टी र कला राणा रहेका छन् । राणा ३० हत्यामा संलग्न रहेको बताइएको छ । राणालाई डिसीपी चन्द्रको टोलीले मार्चमा थाइल्याण्डबाट भारत सुपुर्दगी गरेको थियो ।

काला जठेदी ४० वटा हत्यामा संलग्न रहेको आरोपमा जेलमा बन्द छन् । उनी गत वर्ष जुलाईमा आफ्नी प्रेमिका अनुराधा चौधरीसहित पक्राउ परेका हुन् । चौधरीलाई राजस्थानमा ‘लेडी डन’ भनेर चिन्ने गरिएको थियो ।

सम्बन्धित खबरहरु