काठमाडौं । पछिल्लो समय नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा रहेको विवाद मिलेको छ ।

अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फ्यान फूर्पा तामाङबीच मेलमिलाप भएको हो ।

एक विज्ञप्ति जारी गर्दै यस विषयलाई थप नउचाल्ने सहमति भएको छ । कबड्डी ४ द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार दुव्र्यवहार भएको थियो ।

दर्शकसँगै सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि तामाङले नियतवश छोएको आरोप लागेको थियो । यस विषयलाई लिएर दर्शक पनि दुई भागमा बाँडिएका छन् ।

यसबीच मुगु स्थायी घर भएका तामाङले गल्ती स्वीकार गर्दै अभिनेत्री मगर समक्ष माफी मागेपछि विवाद सल्टाएको हो ।

अभिनेत्री मगरले तामाङलाई भाइ सम्झेर माफ गरेको भनेकी छिन् । यद्यपी अभिनेत्री मगरले किटानी जाहेरी दिएका कारण मुद्धा प्रक्रिया अघि बढेको छ ।

फूर्वाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ हजार धरौटी बुझाएर जेल मुक्त हुनुभएको छ । यो मुद्धा के हुन्छ भन्ने बारे अहिले नै भन्न सक्ने अवस्था छैन । हेर्नुहोस् विज्ञप्ति

सम्बन्धित खबरहरु