काठमाडौं । उच्च अदालतले एक समलिङ्गी जोडीलाई सँगै बस्न अनुमति दिएको छ । भारतको केरला उच्च अदालतले राज्यका एक समलिङ्गी जोडीलाई सँगै बस्न अनुमति दिएको हो ।

दुवै युवती आफ्नो सम्बन्धको बारेमा परिवारका सदस्यलाई बताए, तर परिवारले स्वीकार गरेन ।

त्यसपछि परिवारका सदस्यले दुवैलाई छुट्टाउने प्रयास पनि गरेका थिए । रुपान्तरण चिकित्सा पनि गरियो । तर अन्ततः एउटा एनजीओको सहयोगमा दुवैले सँगै बस्ने अनुमति पाएका छन् ।

समलैङ्गिक जोडीको रोचक कथा
आदिल नाजरीन र नूरा फातिमा साउदी अरबमा आफ्नो स्कूलको समयमा भेटिएका थिए । उनीहरु विगत केही वर्षदेखि सम्बन्धमा छन् ।

मे १९ मा दुवैले आफ्नो परिवारलाई आफूहरु समलैंगिक भएको र एकअर्कालाई मन पराउने गरेको कुरा बताए । उनीहरुको सम्बन्धमा परिवारले आपत्ति जनायो ।

परिवारले नमानेपछि दुवैले घर छोडे, उनीहरु त्यही दिन कालीकटको वनजा कलेक्टिवमा आश्रय लिए । वनजा कलेक्टिभ एक त्यस्तो संस्था हो, जसले समलिङ्गी समुदायका लागि काम गर्छ ।

सोही रात दुवैका अभिभावक वनजा कलेक्टिभ पुगेर छोरीहरूलाई लैजान खोजे । त्यस काममा नूराका आमाबुवा सफल भएनन् । तर अदिलाका आमाबुवा दुवैलाई साथमा लैजान सफल भए । उनीहरुले दुवैलाई राम्रोसँग हेरचाह गर्ने आश्वासन समेत दिएका थिए ।

त्यसपछि दुवै युवतीलाई आदिला आमाबाबुलाई जिम्मा लगाइयो । जानकारी अनुसार अदिलाका आफन्तको घरमा उनीहरुलाई राखिएको थियो । त्यहाँ आदिलाको परिवारले दुवैलाई भावनात्मक रूपमा फसाएको बताइएको छ । संस्थाबाट बाहिर निकाल्नका लागि उनीहरू एकदम नरम भएर पेश आएका थिए, जसकारण दुई केटीहरू नराम्रोसँग फस्ने डर थियो ।

घर लगेर गएपछि परिवारले राती सुत्न नदिएको आदिलाले आरोप लगाएकी छन् । फेरि घर छाडेर जाने डरले सुत्न दिने गरिएको थिएन । त्यसपछि उनीहरुलाई त्यहाँ ‘कैद’ गरेर राखिएको थियो ।

मे २३ मा नूराका आमाबुवाले कालीकटको थामरसेरी प्रहरी चौकीमा छोरी हराएको उजुरी दर्ता गराए । उजुरीका आधारमा प्रहरीले २४ मेमा दुवैलाई बोलायो । दुबै जना प्रहरी चौकी गए । प्रहरीले दुवै महिला वयस्क भएको भन्दै अभिभावकको ‘झूटो’ उजुरीमा कारबाही गर्न अस्वीकार गर्यो । त्यसपछि उनीहरूलाई अदिलाको घरमा लगियो ।

त्यसपछि नुराकी आमा, हजुरआमा र काकी आदिलाको आफन्तको घर पुगे, जहाँ दुवैलाई राखिएको थियो । उनीहरूले नुरालाई त्यहाँबाट लगेर गए । नूरालाई लिएर जाँदा आफूले रोक्न खोज्दा बुवाले रोकेको आदिलाले आरोप लगाएकी छन् । आदिलाकी साथी र वनजा कलेक्टिभका एक सदस्य धान्याले नूरालाई जबरजस्ती लगेका देखेका थिए ।

नूराका परिवारका सदस्यहरूले उनलाई शारीरिक दुव्र्यवहार गर्न सक्छन् भन्ने उनीहरूको विश्वास थियो । धान्याले भनिन्, ‘नुराकी काकीले भनेकी थिइन्, ‘एकपटक उनी (नुरा) ले पुरुषको खुशी (शाररिक सुख) महसुस गरेपछि सबै कुरा बदलिन्छ ।’

मुद्दा केरला उच्च अदालमा कसरी पुग्यो ?
अब यहाँ वनजा कलेक्टिभले काम गर्यो । घटनाबारे थाहा पाउने बित्तिकै संस्थाले बिनानीपुरम प्रहरीलाई खबर गरेको थियो । प्रहरी आदिलाका आफन्तको घरमा पुग्यो । तर त्यतिन्जेलसम्म नूरालाई उनका परिवारका सदस्यले लगेर गैसकेका थिए ।

प्रहरीले आदिलालाई उद्धार गरी आश्रय गृहमा पठायो । मे २७ मा वनाजा कलेक्टिभ र अदिलाले नुराको परिवारविरुद्ध उजुरी दिए । कालीकटको थामरासेरी प्रहरीलाई सम्पर्क गर्दा प्रहरीले पारिवारिक समस्या भएको भन्दै एफआईआर दर्ता गर्न मानेन् ।

प्रहरीका अनुसार यो पारिवारिक समस्या हो, उनीहरू यसमा संलग्न हुन सक्दैनन् । नुराको परिवारले एक भिडियो बिनानीपुरम प्रहरीसम्म पठाएको थियो ।

भिडियोमा नूरा आफ्नी आमाको छेउमा उभिएर भन्दै थिइन्, ‘मेरो नाम नूरा हो । म समलिङ्गी हुँ र मेरो जीवनसाथीको नाम आदिला हो । म यहाँ सुरक्षित छु । म उहाँ (अदिला) सुरक्षित छिन् भन्ने आश्वासन चाहन्छु ।’ तर, नूराले कहाँबाट भिडियो बनाएकी थिइन् भन्ने कुरा खुलाइएको थिएन् ।

परिवारका सदस्यहरूले गरे रूपान्तरणको प्रयास
मे २९ मा आदिला र नुराबीच फोनमा कुरा भयो । नूराले आदिलालाई परिवारका सदस्यहरूले आफूलाई रूपान्तरण थेरापीका लागि जबरजस्ती गरिरहेको बताइन् ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार नूरा फोन गर्दा काउन्सिलर र आमाको साथमा थिइन् । अदिलाले भनिन्, ‘नूराले मलाई धेरै कुरा बताउन चाहेको जस्तो देखिन्छ, तर फोन लाउडस्पीकरमा थियो ।’ काउन्सिलरले आदिलालाई नूरासँग फेरि कुरा गर्न चाहेमा अनुमति लिनुपर्ने बताइन् ।

रूपान्तरण थेरापीले कसैको शाररिक सुखको झुकाव वा लिङ्ग पहिचान परिवर्तन गर्ने दाबी गर्छ । यो थेरापीले समलिङ्गी हुनु एउटा रोग हो भन्ने सिद्धान्तमा काम गर्छ । जबकि समलिङ्गी हुनु एक स्वभाविक प्रक्रिया हो । धेरै देशहरूमा रूपान्तरण चिकित्सा प्रतिबन्धित छ । मे २९ मा वनजा कलेक्टिभ र आदिलाले केरला उच्च अदालतमा हेबियस कोपस याचिका दायर गरे ।

अदालतले दम्पती बाहेक अरू कसैलाई कारवाहीमा आउन अनुमति दिएन । वनजा कलेक्टिभका अनुसार ५ देखि ६ मिनेटको अदालती कार्यवाहीमा आदिला र नुरालाई अदालतले सँगै बस्न चाहेको हो भनेर सोधेको थियो । जवाफमा उनीहरूले हो भने । अहिले उनीहरु सँगै छन् । तर, नूरालाई परिवारले कैदमा राख्दा के भयो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन ।

 

सम्बन्धित खबरहरु