काठमाडौं । गत जेठ १६ गते ०८ः३० बजेदेखि हराएका ७ वर्षीय बालक फेला परेका छन् । प्रहरी बृत्त सिंहदरबारमा झिकाई सोधपुछ गरेर प्रहरीले नाबालकको बुबा रविन गुरुङ्गलाई बालक जिम्मा लगाएको हो ।
बुढानीलकण्ठ नगरपालीका वडा नं. १० ज्योतिनगर स्थित घरमा रंग लगाउने कार्य भई रहेको बेला जेदेन गुरुङ्ग घरको गेटबाट निस्किएका थिए ।
गत जेठ १६ गते काठमाडौं–२९ न्यूप्लाजा स्थित सडकखण्डबाट बा १ ज १९५९ नम्वरको ट्याक्सी चालकले सडकमा हिंडिराखेको बालक फेला पारी प्रहरी बृत्त सिंहदरबारमा बुझाउनुभएको थियो ।
खोजतलास गर्दै रहेको अवस्थामा प्रहरी बृत्त सिंहदरबारमा फेला परेको भन्ने जानकारी पाएकोले नाबालक सम्बन्धी कागजात समेत लिई उपस्थित भएपछि आफन्तलाई बुझाईएको छ ।
यस्तो छ प्रहरीले पठाएको विवरण