काठमाडौं । दर्शकलाई दुर्व्यवहारको आरोप लगाएर थुनाएपछि विवाद एवम् चर्चामा रहेकी नायिका मिरुना मगरले ‘सही काम गर्न कहिल्यै समय गलत नहुने’ भन्दै अन्याय एवं हिंसाविरुद्ध लड्न आममहिलालाई अपिल गरेकी छन् ।

उनले भनेकी छन्– कुनै धर्मविरुद्ध मैले आरोप लगाएकी होइन, दुर्व्यवहारविरुद्ध आवाज उठाएकी हुँ, म कसैलाई अन्याय नसहन आग्रह गर्दछु ।

अन्यायविरुद्ध लड्न अहिले कठिन भएपनि भोलिका दिनमा अवश्य परिवर्तन हुने विश्वास व्यक्त गर्दै उनले लेखेकी छन्– कुनै पनि सही कर्म गर्नका निम्ति समय गलत हुँदैन ।

कबड्डी– ४ की नायिका मगरले चलचित्र हेर्न आएका दर्शक फूर्पा तामाङ (लामा भिक्षु) ले आफूमाथि नराम्रो व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी विवादमा आएकी थिइन् ।

तामाङले दुर्व्यवहार गरेको भन्दै माफी मगाएकी मगरले पुलिस केस गरेपछि बौद्ध धर्मावलम्बी आक्रोशित भएका थिए ।

अहिले उनीहरुबीच मिलापत्र भएको छ । नायिका मगरले फूर्वाविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएपछि सर्वत्र प्रर्दशन भएको थियो ।

प्रर्दशनका क्रममा कबड्डी– ४ ब्यानर च्यात्नु, जलाउनु गुर्नका साथै फिल्म हल र चलचित्र विकास बोर्ड घेराउ गरिएको थियो ।

जातिय हिंसा भड्किन सक्ने संकेत देखेर कबड्डी– ४ निर्माण पक्षले अभिनेत्री मगरलाई मिलापत्रका लागि दवाव दियो । यही क्रममा अभिनेत्री मगरलेपनि भाई सम्झिएर माफी दिएको भन्दै अब फेरी यो घटनालाई दुबै पक्षले नउचाल्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

सम्बन्धित खबरहरु