traffic 3

इन्द्र आचार्य १६ माघ, काठमाडौ । महानगरिय ट्राफिक प्रहरी महाशाखाको विशेष टोलीले यातायात व्यवस्था कार्यालयका कर्मचारीको मिलोमतोमा नक्कली लाईसेन्स बनाउने ठुलो गिरोह फेला पारेको छ ।

विशेष अनुशन्धान टोलीको सक्रियतामा नक्कली लाईसेन्स (सवारी चालक अनुमती पत्र) बनाएर बेच्ने गिरोहका दुई सदस्य पक्राउ गरेपछि यो तथ्य फेला परेको हो ।

गिरोहका ४ सदस्य मध्ये काठमाडौको साँखु बस्ने श्यामकृष्ण ढंगोल र ललितपुरको कुसुन्ती बस्ने रमेश नापितलाई पक्राउ गरि अनुशन्धान गर्दा प्रहरीले लाईसेन्सको हकमा धेरै अनौठा तथ्य फेला पारेको छ ।

Kamal-Thapa-Raprapa-Nepal

उनीहरुले विभिन्न अञ्चलका यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुसँग मिलोमतो गरेर विगत ५÷६ बर्षदेखि नियमित रुपमा नक्कली लाईसेन्स बेच्दै आएको खुल्न आएको छ ।

शुक्रबार महाशाखामा पत्रकार सम्मेलनको आयोजना गर्दै महाशाखा प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशब अधिकारीले प्रिन्ट नक्कली भएपनि कर्मचारीको मिलोमतोमा सक्कली नै छाप र स्टीकर लगाउने गरेको तथ्य फेला परेको जानकारी दिए ।

traffic 2

पक्राउ परेका अभियुक्तबाट यातायात व्यवस्था विभाग र कार्यालयका केही कर्मचारीहरुपनि मुछिएका छन् उनीहरुलाई पनि चाँडै कार्वाहीको प्रक्रिया अघि बढ्छ एआइजीपी अधिकारीले भने ।

AIGP

४ जनाको समुह बनाई नक्कली लाईसेन्स छाप्ने र सक्कली छापा, स्टीकर यातायात व्यवस्था कार्यालयका कर्मचारीबाट लगाई लाईसेन्स परिक्षा फेल हुनेहरुलाई बेच्ने गरेको बयनबाट प्रमाणित भएको छ ।

प्रहरीले अझै गम्भिर प्रकृतिको तथ्य समेत फेला पारेको छ । कर्मचारीहरुको मिलोमतोमा नविकरणका लागि आएका लाईसेन्सहरुको सक्कली स्टीकर निकालेर त्यही स्टीकर नक्कली प्रिन्ट गरिएको लाईसेन्समा परिवर्तन गरेर बेच्ने गरेको पाइएको छ । Suraj-and-sahanaहाल नविकरणमा गएका लाईसेन्समा नक्कली स्टीकर देखिन थालेपछि गरिएको अनुशन्धानबाट त्यो खुल्न आएको प्रहरीले जनाएको छ । त्यसैगरी गिरोहले कर्मचारीको मिलोमतोमा मृतकको सक्कली लाईसेन्सको नम्मर प्रयोग गरेर अर्को नक्कली लाईसेन्सु बनाउने गरेको तथ्य पनि फेला परेको छ ।

रेकर्डमा हेर्दा लाईसेन्स देखिएपनि मानिस भने फरक पाईन थालेपछि भएको अनुशन्धानबाट प्रहरीले यो तथ्य फेला पारेको हो ।

गिरोहका सदस्यले दैनिक १२ देखि १५ वटा सम्म नक्कली लाईसेन्स तयार गर्ने गरेको स्वीकार गरेका छन् । सोही गिरोहका अर्का सदस्य कृष्ण मुरारीले नक्कली कार्ड र स्टीकर प्रिन्ट गरेर ल्याउने गर्दथे । यसरी प्रिन्ट गर्ने गिरोहहरुबाट प्रहरीले एक थान नक्कली लाईसेन्स प्रिन्ट गर्ने प्रिन्टर, ५२ थान खाली कार्ड, छाप÷दस्तखत र फोटो भएका ३५ थान लाईसेन्स, ११ थान विवरण भरिएका कार्ड वरामद गरेको छ ।

त्यसैगरि विभिन्न व्यक्तिहरुको नागरिकता, लाईसेन्स र बायोडाटा ३१ थान, स्टीकर ३ थान, कैची र दस्तखत गर्ने कलम समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु