काठमाडौं । जब तपाई कसैसँग सम्बन्ध सुरु गर्नुहुन्छ त्यो व्यक्तिको बारेमा तपाईंलाई धेरै थाहा हुँदैन । प्रेम वा कसैलाई मन पराएपछि, मानिसहरू डेटिङ गर्न थाल्छन् ।
त्यसपछि मात्र उनीहरूलाई एक अर्काका बारेमा राम्रोसँग जानकारी हुन्छ । केही समय एकसाथ बिताएपछि डेटिङ गरिरहेको मान्छे आफ्नो जीवनसाथी बनाउन लायक हो कि होईन भनेर बुझ्न सकिन्छ ।
यस अवस्थामा महिलाहरूले डेटिङ अघि विशेष कुराहरुमा ध्यान दिनुपर्छ । किनकी बिहेपछि उनीहरु केटाको घर जानुपर्छ ।
सही जीवन साथी छनोट गर्नको लागि, हामी तपाईलाई केहि सजिलो टिप्स बताउन गइरहेका छौं । यी कुराहरु जानेर तपाईले डेट गरिरहनुभएको व्यक्ति आफ्ना लागि सही छ कि छैन् भनेर थाहा पाउन सक्नुहुन्छ ।
हामीबीच बच्चाजस्तो व्यवहार गर्ने धेरै पुरुष हुन्छन् । कुनै पनि व्यक्तिमा बालापन जिउँदो हुनु नराम्रो कुरा होइन, तर जिम्मेवारीको नाममा हुने अज्ञानतालाई बेवास्ता गर्न सकिँदैन ।
मानौं तपाईंले आफूले जीवनसाथी बनाउन लागेको केटालाई केही काम भन्नुभयो । तर उनले तपाईंले भनेको कुरा बिर्से, उनलाई स–साना कुराहरू पनि याद हुँदैन् । उनी एकदम गैरजिम्मेवार भए भने मुस्किल बढ्न सक्छ ।
यस्तो अवस्थामा तपाईले केही समयसम्म त्यस्तो व्यक्तिलाई बुझ्ने कोसिस गर्नुहुन्छ तर पछि रिस उठ्न थाल्छ ।
दाम्पत्य जीवन चलाउनका लागि रिस बिल्कुलै राम्रो कुरा होइन । त्यस्ता व्यक्तिसँग डेट गरेर तपाईले आफ्नो समय बर्बाद गर्नुबाहेक अरू केही गरिरहनु भएको छैन ।
आफैंलाई गरिने प्रेम आवश्यक हुन्छ, जसले तपाईंलाई अरूप्रति उदार बनाउँछ । तर यसको मतलब यो होइन कि तपाईले आफ्नो बारेमा मात्र सोच्नुपर्छ, आफ्नो साथीलाई बिर्सनुपर्छ । यदि तपाईंको केटा साथी पनि यस्तो छ भने त्यस्ता पुरुषहरुबाट पहिल्लै टाढा रहनु होला ।
लामो सम्बन्धमा, त्यस्ता पुरुषहरूले आफ्नो कामलाई सधैं अगाडि राख्छन् । त्यस्ता केटाले तपाईंलाई कुनै पनि समयमा आफ्ना लागि छोड्न सक्छन् ।
आफूले सबैभन्दा धेरै विश्वास गर्ने मान्छेले नै आफ्नो स्र्वाथ पुरा गर्ने समय आएमा तपाईंलाई धोका दिन सक्छ । सोही कारण त्यस्ता मानिसलाई डेट गर्नु हुँदैन् ।
कतिपय पुरुषहरु आफ्नो पूर्वप्रेमिकासँग यति धेरै प्रेम गर्छन् कि अलग भएपछि पनि बिर्सन सक्दैनन् । त्यस्ता केटाहरूसँग सम्बन्धमा रहनु जोखिमपूर्ण हुन्छ । किनकि उनीहरू पूर्वप्रेमिका फर्किने बित्तिकै तपाईलाई धोका दिन तयार हुन्छन् ।
यदि तपाईंको साथी आफ्नो पूर्वप्रेमिका सम्झेर रुन थाल्छ भने उसको पीडा देखेर तपाईं भावुक नहुनुहोस् ।
किनभने तपाईंसँग डेटिङ गर्दा पनि, उसले पूर्वप्रमिकालाई बिर्सन सकिरहेका छैन् । त्यस्तो व्यक्तिसँग तपाईं सुरक्षित भविष्य बिताउन सक्नुहुन्छ भन्ने कुराको टुंगो हुँदैन् । त्यस्ता पुरुषहरुबाट टाढै बस्नु राम्रो हुन्छ ।
अहिलेको समयमा सबैको आ–आफ्नै व्यक्तिगत र व्यावसायिक जीवन हुन्छ । तर यदि तपाईंको सबै कुराहरुमा सधैं नजर राख्ने जीवनसाथी भेटियो भने अफट्यारो पर्छ । कतिपय पुरुषहरुको बानी हुन्छ, उनीहरु सम्बन्धमा आउने बित्तिकै तपाईंलाई यति धेरै माया देखाउँछन् कि तपाई पनि अचम्ममा पर्नु हुन्छ ।
यति छोटो समयमा कसैले यति धेरै माया कसरी गर्न सक्छ भन्ने प्रश्न सबैको मनमा आउँछ । तर वास्तवमा उनी तपाईंलाई माया नभई जासुस गरिरहेका हुन्छन् । यस्तो भयो भने तपाईको व्यावसायिक जीवन पनि धेरै प्रभावित हुन्छ । पछि पछुताउनु भन्दा तपाईले त्यस्तो मान्छेसँग पहिले नै डेट गर्न छोड्नुपर्छ ।