काठमाडौं । म्यानमारको सैनिक सरकारप्रति वफादार बन्दै यहाँको एक अदालतले आङ सान सुकीको पार्टी ‘नेशनल लिग फर डिमोक्रेसी पार्टी (एनएलडिपी)’ का पूर्व सदस्य र एक प्रतिष्ठित प्रजातन्त्रवादी अधिकारकर्मीलाई मृत्युदण्ड दिने सरकारी निर्णयलाई सदर गरेको छ ।

उहाँहरू दुवैलाई आतंकवादलाई प्रश्रय गरेको भन्दै दोषी ठहर गरिएको हो ।सन् १९९० देखि देशमा अदालतले मृत्युदण्डलाई सदर गरेको यो पहिलो घटना भएको आङ साङ सरकारी प्रवक्ताले एएफपीलाई शुक्रबार जानकारी गराए ।

प्रवक्ता जाउ मिन तुनले एएफपीसँग भन्नुभयो, “पूर्व सांसद फियो जेया थाउ र प्रजातन्त्रवादी अधिकारकर्मी को जिम्मीसहित चार जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । उहाँहरूलाई जेलको प्रक्रिया अनुसार फाँसी दिइनेछ ।”

सैनिक सरकार, जुन्ताले गत वर्ष सत्ता कब्जा गरेपछि भएका झडप तथा दमनका क्रममा दर्जनौं ‘सैनिक विद्रोह’ विरोधी कार्यकर्ताहरूलाई मृत्युदण्डको सजाय सुनाएको हो । म्यानमारले सन् १९९० पछि अदालती प्रक्रियाबाट मृत्युदण्डलाइ सदर गरेको थिएन ।

गत नोभेम्बरमा गिरफ्तार भएका आङ सान सुचीको नेशनल लिग फर डेमोक्रेसीका सदस्य फियो जेया थाउलाई आतंकवाद विरोधी कानून अन्तर्गत अपराधका लागि जनवरीमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

‘जिम्मी’ भनेर चिनिने प्रजातन्त्रवादी प्रसिद्ध अभियन्ता क्यो मिन युले पनि अर्थसैन्य न्यायिक निकायबाट सोही कसुरमा सजाय तोकिएको हो ।

जुन्ता प्रवक्ता जाउ मिन तुनले भन्नुभयो, “उनीहरूलाई सजायमाथि पुनः अवलोकनका लागि निवेदन गर्ने र पठाउने कानुनी प्रक्रियालाई निरन्तरता दिएको तर अदालतले उनीहरूको मागलाई अस्वीकृत गरेको छ ।” मृत्युदण्डको कुनै मिति नतोकिएको प्रवक्ता तुनले बताउनुभयो ।

सम्बन्धित खबरहरु