काठमाडौं । अपराधका लागि कसैलाई प्रलोभन वा आकर्षणमा पारेर तयार गर्नुलाई हनीट्र्याप भनिन्छ ।

भारत, मध्य प्रदेशको चर्चित हनीट्र्याप प्रकरण फेरि एकपटक चर्चामा आएको छ । पछिल्लो समय दुई हनी गर्ल आरती दयाल र श्वेता विजय जैनले जमानत पाएपछि हरेक दिन नयाँ खुलासा भइरहेका छन् ।

यो बीचमा अभिषेक ठाकुर नामका एक अभियुक्त अगाडि आएका छन् । उनले सरकारी साक्षी बनाएर यस मुद्दासँग सम्बन्धित महत्त्वपूर्ण जानकारी दिने कुरालाई हनिट्र्याप नभई मानव बेचबिखन भनेका छन् ।

जेलबाट बाहिर आएपछि भास्करसँग कुरा गर्दै अभिषेक ठाकुरले श्वेतालाई भेट्न आउने ठूला अधिकारीको पूर्ण सूची अदालतलाई दिन तयार भएको बताएका हुन् ।

अभिषेकलाई मुद्दा दर्ता गरेपछि प्रहरीले पक्राउ गरेको बताउँदै अभिषेकलाई सरकारी साक्षी बनाउनु आवश्यक भएको अधिवक्ता धर्मेन्द्र गुर्जरले जानकारी दिए ।

हनीट्र्याप प्रकरणबारे अभिषेक
१७ सेप्टेम्बर, २०१९ मा हनीट्र्याप प्रकरणमा एफआईआर दर्ता भएको दुई दिनपछि मलाई भोपालबाट प्रहरीले पक्राउ गरेको थियो । सन् २०१६ मा श्वेता विजय जैनसँग मेरो परिचय भयो । त्यतिबेला एनजीओको सिलसिलामा उसँग भेट भयो । सरकारी सहयोग कसरी लिने भन्ने बारेमा उनले बताए ।

श्वेताले गैरसरकारी संस्थाको कुनै पनि काम गराउँदा १५ देखि २० प्रतिशतसम्म कमिशन दिन भनिन् ।

केही समयपछि श्वेताले बागरोडा औद्योगिक क्षेत्रमा रहेको आफ्नो थर्मल उत्पादन कारखानाको व्यवस्थापन हेर्न जागिर दिइन् । श्वेताले आरती दयालसँग मेरो परिचय गराइन्, उनले एमएसएमईबाट ऋण लिनुपर्ने बताइन् ।

तिनीहरुबाट सबै कागजहरु लिएर मैले भने अनुसार विभागहरुमा राख्नु । मेरो धेरैजसो समय कारखानामा नै बित्थ्यो । त्योभन्दा पहिले मैले आरतीलाई चिनेको पनि थिएन् ।

सबैले यो घटनालाई हनीट्र्याप भनेर बुझिरहेका छन् तर यो मानव बेचबिखन गर्ने गिरोह हो । जब मलाई प्रहरीले गिरफ्तार गरेर जेल पठायो, तब इन्दौरका सिटी इन्जिनियर हरभजनले ब्ल्याकमेलिङको मुद्दा दर्ता गरेको थाहा भयो ।

मलाई इन्दौर ल्याएपछि, कुनै पनि हिसाबले कुनै प्रश्न र उत्तर थिएन । श्वेता र आरती पहिले नै प्रहरी हिरासतमा थिए । मलाई उनीहरूको बारेमा सम्पूर्ण सत्य थाहा छ । उनीहरू डराए कि म बाहिर बसेँ भने धेरैको नाम सार्वजनिक गर्न सक्छु । त्यसैले ती दुवैले मेरो नाम लिए । जसको आधारमा मलाई पक्राउ गरिएको हो ।

मलाई अदालत सरकारी साक्षी बनाओस् । मैले धेरै उच्च अधिकारीहरू र ठूला मानिसहरू श्वेता जैन कहाँ आएको देखेको छु । म अदालतमा सबैको नाम भन्न सक्छु ।

यस अवस्थामा, धेरै भिआईपीको आँखाबाट पर्दा खुल्नेछ । तर म अहिले कसैको नाम लिन सक्दिनँ । म जीवनको सबैभन्दा खतरानाक मोडमा छु । मलाई सरकारी साक्षी बनाएको खण्डमा म ती मानिसहरुको पूरा सूची अदालतमा बुझाउँछु ।’

उनका अनुसार हनीट्र्यापमा संलग्न युवतीहरुले आफूहरु रसियन भएको र खोजेजति सबै दिने भन्दै आफ्नो अपार्टमेण्टमा बोलाउने गर्दथे । विषेशगरी भीआईपी र इज्जतको डर हुने समूह र व्यक्तिलाई उनीहरुले अनलाईनका विभिन्न माध्यमबाट छनोट गर्दथे ।

अपार्टमेण्टमा आइपुगेपछि भिडियो बनाएर सार्वजनिक गर्ने धम्कि दिएर मोटो रकम माग्ने गर्दथे । उक्त हनीट्र्यापमा पीडित भएकाहरुको नाम आफूलाई थाहा भएको अभिषेकको दावी थियो ।

सम्बन्धित खबरहरु