काठमाडौं । एक टेलिभिजन कार्यक्रममा पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेपछि विवादमा आएकी भारतीय जनता पार्टी (भाजपा) नेतृ नुपुर शर्मालाई पार्टीबाट निलम्बन गरिएको छ ।

समाचार एजेन्सी एएनआईको रिपोर्ट अनुसार भारतीय जनता पार्टीले शर्मालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निलम्बन गरिएको हो । वास्तवमा, नुपुर शर्मा गत महिना टाइम्स नाउको प्यानलमा भाग लिइन् ।

जसमा ज्ञानवापी मस्जिदको विवादको चर्चा भइरहेको थियो । जब नुपुर शर्मा बोलिन्, उनले त्यसमा केही भनेकी थिइन्, जहाँबाट यो पूरै विवाद सुरु भयो ।

उनलाई पैगम्बर मुहम्मदमाथि आपत्तिजनक टिप्पणी गरेको आरोप लगाइएको छ ।

त्यसबेलादेखि उनीविरुद्ध लगातार कारबाहीको माग भइरहेको थियो । उनको बयानको भिडियो पेशाले पत्रकार र तथ्य जाँच गर्ने वेबसाइट अल्ट न्यूजका सह–संस्थापक मोहम्मद जुबैरले आफ्नो ट्विटर खातामा साझा गरेका थिए ।

उनले नूपुरले पैगम्बर मोहम्मदमाथि विवादास्पद टिप्पणी गरेको आरोप लगाएका थिए । त्यसपछि यो विषयले उग्र रुप लिन थाल्यो । भारत–पाकिस्तानसहित खाडीका देशहरुमा निकै विरोध भइरहेको छ ।

सोही क्रममा भाजपा दिल्लीका प्रवक्ता नवीन कुमार जिन्दलले पनि अल्पसंख्यक समुदायविरुद्ध ट्विट गरेर विवादमा आएका थिए ।

त्यसमा पनि धेरै कडा प्रतिक्रिया आए । नवीन कुमार जिन्दलले दिल्ली प्रहरीमा आफूलाई ज्यान मार्ने धम्की आएको गुनासो गरेका छन् । नुपुर शर्मासहित भाजपाले पार्टीको दिल्लीका अर्का नेता नवीन कुमार जिन्दललाई पनि पार्टीबाट निष्कासन गरेको छ ।

 

सम्बन्धित खबरहरु