काठमाडौं । गोकर्णेश्वर नगरपालिका-६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया किशोरी, कक्षा ७ मा अध्यनरत १२ वर्षीया र कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा सोही शिक्षालयमा शिक्षकको रूपमा काम गर्ने रामेछाप घर भएका ३५ वर्षीय रामजी बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बस्नेतले उनीहरूलाई दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै सोधपुछ तथा थप अनुसन्धानको लागि सोही शिक्षालयका प्रिन्सिपल समेत २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनको मूल्य प्रतितोला रु ९७ हजार ९००
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५१ डलर आसपास कारोबार भइरहेको छ ।

 

सम्बन्धित खबरहरु