काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–२ का मानबहादुर खत्री मिर्गौलाबाट पीडित हुनुहुन्छ ।

तीस वर्षीय उहाँका दुवै मिर्गौलाले काम गर्न छाडेको छ । खत्रीलाई उपचार गर्न आर्थिक अभाव छ ।

खत्रीले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । गत चैतदेखि भने उहाँ घरमै थन्किनुभएको छ ।

उपचार खर्च जुटाउन नसकेर घरमै थन्किएको खत्रीले बताउनुभयो । दुवै मिर्गौला प्रत्यारोपणका लागि लाखौँ रुपैयाँ लाग्ने भएकाले आर्थिक अभावका कारण उपचार गर्न नसकेको उहाँले बताउनुभयो ।

खत्रीको श्रीमती र ६ वर्षीय एक छोरा हुनुहुन्छ । उहाँलाई हिँड्डुल गर्न समेत समस्या भइरहेको छ । खत्रीले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ ।

सहयोग गर्न चाहने व्यक्तिलाई ९७४८९४१३२४ नम्बरमा सम्पर्क गर्न तथा सहयोगी रकम साङ्ग्रिला डेभलपमेन्ट बैंक, जुम्ला शाखामा रहेको खाता नंः ०२८०१२००३९७७२१००००१ मा जम्मा गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

प्राविधिक रुपमा सम्भव हुने वा नजिक पुगेर सहयोग गर्न सक्नेहरुले सहयोग गरिदिनुहोला । टाढा हुनुहुन्छ । अनलाईन भुक्तानी मिल्दैन र नजिक पुग्नपनि कठिन छ भने सम्भव हुनेहरुसम्म पुर्याउन सक्दो सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु