काठमाडौं । नेपालका ठूला शहरहरुमा कुनै पनि समयमा इन्टरनेट सेवा बन्द हुने भएको छ ।

इन्टरनेट सेवा प्रदायक संघ (आईएसपीएन) ले यस्तो जानकारी दिएको हो । देशका विभिन्न ठाउँहरुमा जुनसुकै बेला पनि इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी जारी गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरेको आरोप लगाइएको छ ।

संघका अनुसार प्राधिकरणले गैरकानुनी ढंगले इन्टरनेट प्वाइन्ट, डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा विद्युत लाइन काटेको छ ।

सोही कारण इन्टरनेट सेवा बन्द हुनसक्ने देखिएको हो । जानकारी अनुसार इलाम, विराटनगर, खोटाङ, गाइघाट, इनरुवा, धरान, दुबही, लहान र डोटीमा कुनै पनि बेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिइएको छ । हेर्नुहोस् विज्ञप्ति

सम्बन्धित खबरहरु