काठमाडौं । सामाजिक सञ्जालमा एक क्लब डान्सरको कथा भाइरल भइरहेको छ, जसले आफ्नै गल्तीका कारण आफ्नो भाइको ब्याचलर पार्टीमा वयस्क डान्स गर्न पुगेकी छिन् ।

वास्तवमा, वयस्क डान्सर केन्ड्रालाई त्यो पार्टीका लागि हायर गरिएको थियो । तर यो पार्टी अरु कसैको नभएर आफ्नै भाइले आयोजना गरेको परेपछि दिदि लज्जित बनिन् ।

केन्ड्राले काम गर्ने क्लबमा उनका भाइ विवाहअघि दिइने ब्याचलर पार्टीका लागि पुगेका थिए। यसबारे डान्सरले भिडियोमा बताएकी छिन् । जुन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

क्लबमापनि आज एउटा ब्याचलर पार्टी छ भनिएको थियो । हरेक दिन पार्टी हुने क्लबमा उनले कसको पार्टी भनेर सोध्ने कुरा नै भएन । जब नाच्न पार्टीको स्टेजमा चढिन् । त्यहाँ त आफ्नै भाईको पो पार्टी रहेछ ।

उनले १५ मे मा टिकटकमा एक भिडियो पोस्ट गरेर यसको जानकारी दिएकी थिइन् । यसलाई १० लाखभन्दा बढी पटक हेरिएको छ ।

भिडियो सेयर उनले लेखेकी छन्– म मेरो भाइको ब्याचलर पार्टीमा एडल्ट डान्स गर्न लागेको थिएँ । कार्यक्रम सुरु हुनु अघि सम्म मलाई यस बारे कुनै जानकारी थिएन। जसका कारण हाम्रो पूरा परिवार लज्जित भयो । केन्ड्राले भनेकी छिन् ।

केन्ड्राले यसअघि आफू स्ट्रिप क्लबमा काम गर्ने खुलासा गरिन् । केन्ड्राको बयानपछि टिकटकको बहस सुरु भयो । कतिपयले केन्ड्रालाई ट्रोल गर्न थाले । उता अर्को पक्षले उनको समर्थन देखाएको छ ।

एक प्रयोगकर्ताले लेखे– म त्यहाँ भएको भए भाइका साथीहरूलाई देख्ने थिएँ । अर्काले लेखेका छन्– यो यस्तो घटना हो जुन पहिले कहिल्यै भएको थिएन ।

केन्ड्राको समर्थनमा एक प्रयोगकर्ताले लेखेका छन्– यस्ता ठाउँमा कति अँध्यारो हुन्छ तपाईलाई थाहा छैन ? साथमा कतिपयले यसलाई आफ्नो कर्म भनेका छन् । केहीले बेहुलाले बिहेअघि वयस्क डान्सरलाई बोलाउनु नै गलत भएको तर्क समेत राखेका छन् ।

 

सम्बन्धित खबरहरु