काठमाडौं । पुरुष प्रधान समाजका लागि अभिनेत्री नम्रता सापकोटाको शीर्षकमा उल्लेखित अभिव्यक्ति सामान्य क्रान्तिको रन्को होइन ।

उनले हरेक छोरीहरुलाई सवल र सक्षम बनाउँन मात्र हैन, आत्मास्वाभिमानको झंकार दिन खोजेकी छन् । भलै झट्ट सुन्दा केहीलाई नराम्रो लागेको होला । तर यो क्रान्तिको विगुल हो ।

समाज परिवर्तनको झड्का हो । उनले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी थिइन् ।

त्यसपछिपनि उनले विभिन्न सञ्चार माध्यममा विहे नगरीपनि बच्चा बनाउँन छोरीहरुलाई अधिकार हुनुपर्ने बताउँदै आएकी छिन् ।

बाबुको टुंगो नलागेपनि आमाले जन्माएपछि त्यो सन्तानको परिचय आमाको तर्फबाट विना सोधखोज विना संकोच दिनुपर्ने उनको विचार छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा मोडल तथा अभिनेत्रीले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु । दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ । विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् ।

समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

आमाको माध्यममार्फत बच्चा जन्माउनुले वैधानिक पाएको बताउँदै नम्रताले बच्चा पाउनु आफ्नो इच्छा भएको बताइन् ।

उनले टेस्ट टुयुब बेबी (आईभिएफ) बाट भ्रुण लिएर भएपनि बच्चा जन्माउनसक्ने विकल्प महिलाहरुमा रहेको सुझाव दिएकी छिन् । आफूलेपनि त्यही गर्न सक्ने बताएकी छिन् ।

 

सम्बन्धित खबरहरु