रमेश खत्री, दुबाई । यौनको मामिलाईमा अरब देशहरुपनि एकदमै खुकुलु हुँदै आएका छन् ।

कानूनी रुपमा अति जटिल रहेका देशहरु क्रमशः खुल्दै आएका छन् । कुनै बेला धन्दा चलाउने महिला, पुरुषलाई सिँधै मृत्युदण्ड दिने युनाइटेड अरब इमिरेट्स (युएई) मा अहिले खुलेआम यौन अखडाहरु देखिन्छन् ।

अहिलेपनि आफ्नो देशका नागरिक रहेका महिलालाई बुर्का नलगाई बाहिर हिड्न नदिने यो देशले पर्यटनको क्षेत्रमा अतुलनीय विकास गरेपछि बाहिरका देशहरुका लागि हदैसम्मको खुकुलो गरिदिएको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) दुबाई, अजमान लगायतका राज्यमा खुलेर नै मसाज, पार्लर र अपार्टमेण्टहरुमा वेश्यावृत्ति भइरहेको छ ।

विभिन्न देशबाट पुगेका मासज गर्ने युवा, युवातीबाट त्यही खुलम खुल्ला अखडा चलाईएको छ ।

कुबेतको गर्मी ७५ डिग्री सेल्सियससम्म पुग्यो, पानी उम्लिन्छ, गाडीहरु पग्लिन थाले

मसाजका लागि भित्र गएपछि युवतीले नै अफर गर्ने, रकम दिएपछि त्यही यौन कार्य हुनेगरेको छ । केही दिन अघि प्रहरीले छापा मारेर पक्राउ गरेपछि यो तथ्य खुलेको थियो ।

पक्राउ गरेपछिपनि उनीहरुलाई सामान्य हिरासतपछि छोडिएको छ । त्यहाँको प्रशासनलाई यो सबै थाहा छ । किनकी त्यहाँ राज्यको आँखा नपुगेको भन्ने कही हुन्न । तर पर्यटनको विकासका लागि खुल्ला छोडेको देखिन्छ । विशेषगरी अजमान राज्यमा यस्ता अखडा धेरै छन् ।

अजमानमा अल बु खरैबान नुइमी शासन १८१६ मा सुरु भयो । जब शेख रशिद बिन हुमाइद अल नुइमी र उनका पचास अनुयायीहरूले छोटो द्वन्द्वमा अल बु शामिस नुइमी जनजातिका सदस्यहरूबाट अजमानको तटीय बस्ती कब्जा गरे। यो १८१६ र १८१७ सम्म थिएन ।

तथापि, अजमान किल्ला अन्ततः रशीदका अनुयायीहरूको हातमा परेको थियो र उनको शासनलाई छिमेकी शारजाह र रस अल खैमाहका शक्तिशाली शेख, शेख सुल्तान बिन सक्र अल कासीमीले समर्थन गरेका थिए।

८ जनवरी १८२० मा, सर डब्ल्यूजी कीरको नेतृत्वमा एक ब्रिटिश सेना द्वारा रस अल खैमाह को बर्खास्त पछि, सुल्तान बिन सक्रले ४ फेब्रुअरी १८२० मा युनाइटेड किंगडमसँग सामान्य सामुद्रिक सन्धि मा हस्ताक्षर गरे ।

र १५ मार्च को राशिद बिन हुमैद द्वारा यो स्वतन्त्र देशलाई युनाइटेड अरब इमिरेट्समा गाभे । यसैले अहिले अजमान अहिले युएईको हिस्सा छ ।

सम्बन्धित खबरहरु