काठमाडौं । एक सन्की पतिले आफ्नी श्रीमतीको हात काटिदिए । यस घटनामा अब थप नयाँ मोड आएको छ ।

हात काट्नुको कारण थियो, श्रीमतीले भर्खरै सरकारी जागिर पाएकी थिइन् । घटना भारत, पश्चिम बङ्गालको बर्धमान जिल्लाको केतुग्रामको हो ।

पीडित रेणु खातुनले केही दिनअघि सरकारी अस्पतालमा नर्सको जागिर पाएकी थिइन् ।

यस्तो अवस्थामा श्रीमान् मोहम्मद शेख उर्फ ​​शरीफुल शेखलाई यो कुरा राम्रो लागेन् । श्रीमतीले सरकारी जागिर गर्न थालेपछि आफूलाई छोडेर जान्छिन् कि डर उनको मनमा आउन थालेको थियो ।

जागिरपछि श्रीमतीले आफूलाई छोडेर अर्कै पुरुषसँग विवाह गर्नेछिन् भन्ने कुराको चस्को उनको मनमा थियो ।

रेणु खातुनले काम गर्न थालेपछि शेखका साथीहरूले उनलाई उक्साउन थाले । जसकारण उनको शंका बढ्दै गयो ।

रेणु खातुनले भनिन्, ‘सरकारी जागिरमा मेरो नाम आएपछि श्रीमानले यो जागिर गर्न नदिने सोचेका थिए । मैले उनलाई धेरै पटक बुझाएँ तर हामीबीच झगडा हुन थाल्यो ।

एक दिन दुर्गापुर जानुअघि श्रीमानले मलाई घर बोलाउनुभयो । उसको मनमा के थियो भन्ने कुरामा म पूर्णतया अनभिज्ञ थिएँ ।

राति १० बजे खाना खाइसकेपछि म निदाए, राति दुईपटक आँखा खोलेँ । उनी पटक–पटक वाशरूम जाँदै गरेको देखेँ । सोध्दा उनले पेट दुखेको बताए ।’

उनले थप्दै भनेकी छिन्, ‘केही बेरमा कसैले मेरो मुखमा सिरानी राख्यो, कसैले मेरो हात समातेको महसुस भयो । त्यसपछि कैंची जस्तो केही वस्तुले मेरो हात काटियो ।

त्यहाँ जम्मा ३ जना थिए, बाँकी त्यहाँबाट गएपछि पनि मेरो मुखमा सिरानी थियो । जाँदा मेरा सबै कागजातहरू साथमा लिएर गए । त्यसपछि मलाई बर्धमान मेडिकल अस्पतालमा रिफर गरियो, घाउ निकै गहिरो भएकाले प्राथमिक उपचारपछि मलाई दुर्गापुरको निजी नर्सिङ्ग होममा लगियो ।’

डाक्टर परमहन्सले बिरामीको दाहिने हात पूर्ण रुपमा काटिएको जानकारी गराउनुभयो । उहाँका अनुसार अवस्था नाजुक छ, निधारमा पनि गहिरो चोट लागेको छ ।

डाक्टरहरूले जीवन बचाउन शल्यक्रिया गरेको पनि उहाँले जानकारी दिनुभयो । उनको हात पूर्ण काट्नु पर्यो, किनकि त्यसलाई फेरि जोड्ने सम्भावना छैन् । घटनामा संलग्न सबैजना फरार रहेका छन् । उनीहरुलाई प्रहरीले खोजिरहेको छ ।

सम्बन्धित खबरहरु