Mao-lrader

१६ माघ, काठमाडौ । एकीकृत माओवादीले बहुमतीय प्रक्रियाबाट संविधान लेखनको प्रक्रिया शुरु भएकाले संविधानसभाको औचित्य र गरीमा नै समाप्त भएको निश्कर्ष निकालेको छ ।

पार्टी मूख्यालय पेरिसडाँडामा शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकले संविधानसभाबाट सहमतिकै आधार संविधान लेख्न छोडेर बहुमतीय प्रक्रियामा गएको भन्दै माओवादीले संविधानसभाको औचित्य समाप्त भएको दाबी गरेको हो ।

माओवादीले संविधानसभाबाटै संविधान जारी गर्न दवाब दिने उद्देश्यले एक महिनाभित्र संविधानसभाका समिति बहिस्कार गर्ने अडानलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।
बैठकमा भएको छलफल र निश्कर्षका सम्बन्धमा एक नेताले भने, सत्तारुढ दलहरुले संविधान सभाको औचित्य समाप्त पारेका कारण संविधान सभा र समितिहरु बहिस्कार गर्ने निर्णय यथावत् राख्ने निर्णय भएको छ ।

बैठकले मन्त्री, आयल निगम र व्यवसायीको मिलोमतोमा एलपी ग्यासको कृत्रिम अभाव गरेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि कमिशनकै लागि पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आपत्ति जनाएको छ ।

पेट्रोलियम पदार्थमा जनतालाई तत्काल सहजता नदिए कडा आन्दोलनमा उत्रिने चेतवानी सहितको निर्णय गरेको जनाइएको छ ।

सम्बन्धित खबरहरु