पोखरा । नेपालमा हवाई यात्रा एकदमै दुखद र कष्टकर बन्दै गएका छन् ।

धेरै कुराहरुको तालमेल नमिलेका कारण नेपाली आकाश सुरक्षित हुन सकेको छैन । तारा एयरको विमान दुर्घटना भएको महिना दिन नपुग्दै बुद्ध एयरलेपनि अकल्पनीय क्षण भोग्यो ।

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा फोर्स ल्याण्ड भएको छ ।

मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।

साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ ।

त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज जनकपुरमा केही समय रोकिएर काठमाडौं आएको थियो ।

पोखराको दिउँसोदेखिको मौसम एकदम नै खराब छ । यही भएर त्यहाँ साढे तीन भन्दा ढिला भएमा त्यहाँ पुगेको जहाज त्यही बस्छ ।

हावा धेरै चल्ने र माथिको आकाशपनि एकदमै बादल लाग्ने भएकाले दिउँसो साढे ३ बजेपछि पोखरामा उडान तालिका राखिन्न ।

 

सम्बन्धित खबरहरु