काठमाडौं । आफ्नो शरीरलाई झण्डै साढे ६ लाख वटा मौरीको गोलोमा बदलेर एकजना व्यक्तिले गिनिज बुकमा नाम लेखाएका छन् ।

चीनका रुआन लियांगमिंगले आफ्नो पूरै शरीरलाई मौरीले छोपिदिए । सोसल मिडियामा मौरीको गोलो बनेको उनको शरीरको तस्वीर तथा भिडियोहरू भाइरल बनिरहेका छन् ।

रुआनले कीर्तिमान रच्नका लागि एउटा रानी मौरीलाई सुरुमा आफ्नो शरीरमा राखे । त्यसपछि त एकाएक अरु लाखौँ मौरीहरू रानीलाई खोज्दै उनको जीउमा आएर बस्न थाले ।

उनले आफ्नो सरीरमा कुल ६० वटा रानी मौरी बसालेका थिए र अरु करिब ६ लाख ३७ हजार मौरी आफैं आएर उनको जीउमा बसे । त्यसरी उनको जीउमा आएर बसेका मौरीहरूको कुल वजन ६७।७ केजी थियो ।

गिनिज बुुक अफ वल्र्ड रेकर्डस्का अनुसार यसरी शरीमा लाखौं मौरी बसाल्ने कलालाई बी बर्डिङ भनिन्छ, जुन कला १९औँ शताब्दीदेखि नै प्रचलित छ ।

एक अन्तरवार्ताका क्रममा रुआनले यस्तो कला देखाउनका लागि शान्त ढंगले बस्न सक्नुपर्ने बताउँछन् ।

मौरीले आफूमाथि खतरा उत्पनन नभएपछि कसैलाई पनि नचिल्ने भन्दै उनले यसरी शरीमा बस्ने कुनै पनि मौरीले मानिसलाई आक्रमण नगर्ने बताएका छन् । मौरीले आफ्नो सुरक्षाका लागि मात्र आक्रमण गर्ने उनको भनाइ छ ।

मौरीलाई आफ्नो शरीरमा बसाउने क्रममा रुआन संयमित तवरले बसिरहे । त्यसक्रममा उनका आँखा खुल्ला थिए भने मुख बन्द थियो । उनको शरीरमा माहुरीहरू राखिदिने मानिसले चाहिं सुरक्षाको उपकरण लगाएका थिए ।

तर रुआन आफैंले भने कुनै पनि सुरक्षा उपकरण लगाएका थिएनन् । उक्त पूरै घटनाक्रमलाई गिनिज बुकमा प्रतिनिधिहरु एन्जेला वू र लीसा हफम्यानले अवलोकन गरेका थिए । एजेन्सी

 

सम्बन्धित खबरहरु