काठमाडौं । अस्पताल सेवामुखी भन्दापनि व्यापारमुखी भएकाले अनेकौँ समस्या आइरहेका छन् ।

गलत उपचार गर्नेदेखि सोचेभन्दा बढी रकम असुल्नु हर्कत त भइरहेका थिए तर पैसा नबुझाउँदा छोराको शव नै अस्पतालमा बन्धक बनाएपछि बाबु आमा पीडामा परेका छन् ।

उक्त भिडियो भारतका सामाजिक सञ्जालमा आइरहेको छ । हाल त्यो भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा एक दम्पत्ती भिख मागिरहेको देख्न सकिन्छ ।

बिहारको समस्तिपुरमा खिचिएको उक्त भिडियोमा देखाइएका दम्पत्तीहरु छोराको शव बुझ्नको लागि भिख मागिरहेको जनाइएको छ ।

उनिहरुका अनुसार अस्पातलका कर्मचारीले छोराको शव बुझ्नका निमित्त चर्को घुस मागेपछि उनीहरु त्यस्तो अवस्थामा आएका हुन् ।

भिडियोमा देखिएका दम्पत्ती महेश ठाकुर र उनकी पत्नीले सञ्चार माध्यम एएनआईलाई जानाकारी गराए अनुसार उनका छोरा केही दिन अगाडी देखी बेपत्ता भएका थिए भने यसै साता एक व्यक्तीले उनको छोराको मृत्‍यु भइसकेको र उनको शव सहरको सदर अस्पतालमा रहेको जानकारी गराएका थिए ।

शव बुझ्न जादाँ अस्पातलका एक कर्मचारीले शव दिनका लागि ५० हजार भारतीय रुपैयाँ घुस मागेको ठाकुरको आरोप छ।

उनिहरुलाई आफ्नो छोराको मृत्‍युको कारण समेत थाहा नभएको मिडिया रिपोर्टमा उल्लेख छ ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै आम मानिसले चर्को आलोचना गरिरहेका छन् भने अस्पातलले यस विषयमा छानिबिन गरी दोषीलाई कारवाही गर्ने जनाएको छ ।

 

सम्बन्धित खबरहरु