काठमाडौं । संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट भएको छ ।

मन्त्री श्रेष्ठको कक्षमै कुटाकुट भएको हो । सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै श्रेष्ठमाथि आक्रमण गरेको पुष्टि भएको छ ।

त्यसपछि श्रेष्ठले पनि प्रतिकार गर्नुभएको थियो । उहाँहरुबीच कुटाकुट भएपछि सुरक्षागार्डले रामबाबुलाई समातेर निकालेको बुझिएको छ ।

कुटाकुट हुँदा जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि मन्त्री कक्षमै हुनुहुन्थ्यो ।

उहाँहरुबीचको कुटाकुटले केही समय संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा तनाव भएको थियो ।

पछिल्लो समय जसपाभित्र विवाद चुलिदै गर्दा मन्त्री र सांसदबीच कुटाकुट भएको हो । मन्त्री श्रेष्ठ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट हुनुहुन्छ ।

सांसद रामबाबु यादव जसपा अध्यक्ष उपेन्द्र यादव निकट हुनुहुन्छ । उहाँहरुको कुटाकुट पार्टी भित्र देखिएको चरम विवाद नै भएको स्रोतले बतायो ।

 

सम्बन्धित खबरहरु