काठमाडौं । महाराष्ट्रको वाशिम जिल्लाकी एक छोरीले कक्षा १२ मा ९० प्रतिशत अंक ल्याएर ठूलो सफलता हासिल गरिन् ।

उनको अङ्ग्रेजी पेपरको परीक्षाकै दिन बुबाको निधन भएको थियो । बुबाको घरमा लास रहेकै बेला उनले परीक्षा दिन निधो गरिन् ।

उनको परीक्षा सकिएपछि मात्र अन्तिम संस्कारमा लैजाने छिमेकीहरुलेपनि सहजता दिलाए ।

किनकी त्यो कक्षा १२ को अन्तिम परीक्षा थियो । अहिले उक्त नतिजा आएको छ । उनको साहसलाई सबैले सलाम गरेका छन् ।

उनले सबै परीक्षामा ९० प्रतिशत अंक ल्याएर क्याम्पस र जिल्ला टप गरेकी छिन् । यति हुँदाहुँदै पनि उनी परीक्षा दिन गएर परीक्षापछि बुवाको अन्तिम संस्कार गरिन् ।

वाशिम जिल्लाको वडजी गाउँका रामेश्वर शेषराव बोरकर अस्थायी क्लर्कको रूपमा काम गर्थे। ब्रेन हेमरेजका कारण चैत ४ गते बिहान उनको निधन भएको थियो ।

त्यही दिन उनकी छोरीको १२ कक्षाको पहिलो पेपर थियो । यस्तो अवस्थामा बाबुको शव घरमै परेको थियो । त्यहाँ सान्त्वना दिनेहरूको भीड थियो र छोरी साक्षीमाथि असह्य पीडा थियो।

यति हुँदाहुँदै पनि साक्षीले आमा र आफन्तलाई पेपर दिने बताएकी थिइन् । बुवाको शव घरमा भए पनि साक्षी अंग्रेजीको पेपर दिन गइन् । पेपर हल गरेपछि बुवाको दाहसंस्कार गरियो ।

अब १२ को नतिजा आएको छ, जसमा साक्षीले ९० प्रतिशत अंक ल्याइन् । उनले अंग्रेजी विषयमा ७९ अंक ल्याएकी छन् । साक्षीको नतिजा देखेर परिवारका सबै सदस्यका आँखा आँसुले भरिए ।

वरपरका मानिसहरूले पनि साक्षीको धेरै प्रशंसा गरेका छन्। नतिजाबाट खुशी भएकी साक्षी बोरकरले भनिन्, ‘आज मेरो बुवा जहाँ भए पनि आफू र मप्रति गर्व महसुस गरिरहनुभएको पक्कै छ । बुबाले देखेको सपना साकार गर्न थप मेहनत गर्नेछु ।

 

सम्बन्धित खबरहरु