काठमाडौं । एक महिलाले चुम्बन गर्न नमानेको भन्दै आफ्नो केटा साथीमाथि चक्कु प्रहार गरेकी छिन् । उनले टाउकोमा चक्कु प्रहार गरेकी हुन् ।

मुद्दा अदालत पुग्यो तर अनुसन्धान र सुनुवाइपछि युवतीले सफाइ पाइन् ।

इङ्गल्याण्डको एक स्थानीय अदालतले बुधबार मुद्दाको सुनुवाइ गर्दै २३ वर्षीया अलिशा ओक्लेले पीडित रिस टायलरको टाउकोमा चक्कु प्रहार गर्दा मानसिक रूपमा बिरामी भएको फैसला सुनाएको हो ।

महिला अभियुक्त ओक्लेलाई क्यान्टरबरी क्राउन अदालतले दुई वर्षको जेल सजाय सुनाइएको थियो । तर उनले आफू मानसिक रूपमा अस्वस्थ भएको भन्दै माफी मागेपछि सजायलाई १८ महिनामा घटाइयो ।

अदालतले सजाय घटाउनुका साथै अभियुक्त महिलाले ६ महिना सुधार केन्द्रमा बस्नुपर्ने आदेश दिएको थियो ।

त्यसमा कुनै पनि प्रकारको सजाय कटौती मान्य नहुने कुरा अदालते स्पष्ट पार्यो । सुनुवाइका क्रममा अभियुक्तको तर्फबाट अधिवक्ता अन्ना चेस्टनटले अदालतमा भनिन्, ‘मेरो पीडित (अलिशा ओक्ले) ले यसअघि र पछि कहिल्यै यस्तो हिंसा गरेकी थिइनन् ।

उनी केवल १९ वर्षकी थिइन्, जब उनले आक्रमण गरिन् । त्यसबेला उनी इमोशन इन्स्टेबिलिटी डिसअर्डरबाट पीडित थिइन् । उनको उपचार भइरहेको छ ।’

यो घटना सन् २०१८ को हो । ओक्ले, उनका पुरुष साथी टायलरसहित केही अन्य साथीहरू इङ्गल्याण्डको डोभरमा एउटा घरभित्र पार्टी गरिरहेका थिए । त्यसैबीच, ओक्लेले टायलरलाई चुम्बन गर्नुका साथै शारीरिक सम्बन्ध राख्ने प्रयास गर्छिन्, तर टायलरले अस्वीकार गर्छन् ।

टायलर अर्को कोठामा त्यो केटीसँग सुत्न गए, जुन महिलासँग ओक्ले पहिलेदेखि नै धेरै रिसाएकी थिइन् । यसबीच ओक्लेको रिसले सीमा नाघ्यो, अनी उनले टायलरको टाउकोमा चक्कु प्रहार गर्न पुगिन् ।

आक्रमणपछि टायलर नराम्ररी घाइते भएका थिए । उनलाई तुरुन्तै अस्पताल भर्ना गर्नुपर्‍यो, त्यहाँ उनको धेरै दिनसम्म उपचार भयो । तर, उनको ज्यान जोगियो ।

पीडित टायलरले अदालतको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उक्त हमलापछि आफू केटीहरूसँग कुरा गर्न डराउने गरेको उनी बताउँछन् । उनी आफ्नै छोरीसँग पनि कुरा गर्न पनि डराउँने गरेको बताइएको छ ।

सम्बन्धित खबरहरु