पोर्चुगल । दुई महिनादेखि पोर्चुगलमा बेपत्ता नेपाली युवकको शव समुद्रमा भेटिएको छ ।

पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो ।

उहाँको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिनुभयो ।

युरोपेली संघकी प्रमुख युक्रेन भ्रमणमा
युरोपेली संघकी प्रमुख उर्सुला भोनडेर लियनले रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण गर्नु भएको छ ।

युरोपेली संघको सहयोगका बारेमा छलफल गर्न उहाँ युक्रेन आउनु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उहाँले शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संघमा युक्रेनको सदस्यताका बारेमा छलफल गर्नु भएको छ ।

चाडै सदस्यता पाउन युक्रेनले संघलाई अनुरोध गरिरहेका बेला संघका प्रमुख युक्रेन आउनु भएको हो । संघले भने यसअघि नै तत्काल सदस्यता दिन नसकिने बताएको थियो ।

उहाँहरुका बीचमा युक्रेनको युद्ध अन्त्य गर्ने र पुनर्निर्माण गर्ने बारेमा पनि छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

संघले रुसको आक्रमणप्रति सुरुदेखि नै आपत्ति जनाउदै आएको छ । तत्काल आक्रमण रोक्न संघले रुसलाई आग्रह गर्दै आएको छ ।

सम्बन्धित खबरहरु