१६ माघ, नवलपरासी । नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १२ स्थित पजगाँउ भन्ने स्थानबाट माघ १५ गते राति करीव २० केजी गाँजासहित एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ३९ बर्षिय राजेन्द्र लोनियालाई सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उक्त गाँजासहित पक्राउ गरेको हो ।
गाँजा लिएर जाँदै गरेका निज लोनियालाई गस्तीमा रहेको एपीएफ टोलीले राती करीव आठ बजे उल्लेखित परिमाणको जाँगासहित फेला पारेको थियो ।
पक्राउ परेका निज लोनियालाई बरामद गाँजासहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।
यसैगरी झापा जिल्लाको बाहुनडाँगी १ बाट माघ १६ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं घर बताउने २३ वर्षिय केशव श्रेष्ठलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले ३३ बोतल डाइजिपामसहित पक्राउ गरेको हो ।
त्यस ठाउँमा एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका निज श्रेष्ठको साथमा उक्त लागूऔषध फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका निज श्रेष्ठलाई एपीएफ टोलीले बरामद लागूऔषधसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।

सम्बन्धित खबरहरु