काठमाडौं । आज बिहानदेखि विद्युत् तारमा झुण्डेका व्यक्तिबारे नयाँ खुलासा भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि शनिबार देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको हो ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर गएको छ ।

८ घण्टादेखि माथिल्लो त्रिशूली ३ ‘ए’ र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने काम भइरहेको छ ।

भारतबाट पनि बिजुली ल्याइएको उहाँले जानकारी दिनुभयो । ती व्यक्ति बेलकोटगढी नगरपालिका १३ का माइला बिक हुन् ।

ती व्यक्ति मानसिक सन्तुलन ठीक नभएको हुनसक्ने अनुमान गरिएको छ । उनलाई तल झार्नका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको छ ।

सम्बन्धित खबरहरु