काठमाडौं । जङ्गली जनावरहरूलाई खोरमा थुनेको देखेपछि केही मानिसलाई जिस्काउँन मन लाग्छ ।

उनीहरुले जनावरलाई जिस्क्याएर मनको स्वाद लिइरहेका हुन्छन् । आवाजविहीनलाई फलामको खोरमा थुनिएको छ । त्यसैले उसले केही गर्न सक्दैन भन्ने बुझ्छन् ।

तर उनीहरु यति आक्रमक छन् कि त्यस्ता मानिसलाई खोरभित्रबाटपनि आरामले बस्न भने पक्कै दिँदैनन् । सामाजिक सञ्जालमा केही भिडियो क्लिपहरु भाइरल भइरहेको छन् ।

जसलाई देखेर तपाई छक्क पर्नुहुनेछ। त्यहाँ जिस्क्याउनेको पक्कै होस् उडेको छ । नजिक भएकाहरु समेत आत्तिएका छन् ।

हेरिसकेपछि भने तपाईं हाँस्न पनि सक्नुहुन्छ। वास्तवमा, एक गोरिल्ला पिंजरामा बन्द थियो, जसलाई एक व्यक्तिले उसलाई जिस्क्याउन थाले ।

उनलाई लागेको थियो होला कि यो फलामको बारभित्र छ मलाई के गर्छ ? तर गोरिल्लाले बारबाट हात बाहिर ल्याए र ती व्यक्तिलाई पक्रिएर कपडा च्यातिदिए । बारमा तानेर खुट्टा भाँचिनेगरी जोडले ताने ।

https://twitter.com/ekowmclean/status/1534107244803018752

तानेका व्यक्तिलाई छुटाउन खोज्ने अरुलाई समेत गोरिल्लाले आक्रमण गर्यो । उनीहरुको होस् उड्यो । तर ती मानिसको ज्यान भने बाँच्यो । खुट्टा भाँचियो ।

उक्त भिडियो यो ट्विटर ह्यान्डलमा हेर्न सक्नुहुन्छ

यो भिडियो अहिले इन्टरनेटमा सर्वत्र फैलिरहेको छ । यो समाचार लेख्दासम्म यो क्लिपलाई करोडौँ पटक हेरिएको छ । साथै, हजारौं प्रयोगकर्ताहरूले यो भिडियोलाई लाइक कमेण्ट गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिइरहेका छन्। कतिपय प्रयोगकर्ताले यो दृश्य देखेर आफ्नो हाँसो रोक्न नसकेको बताएका छन् ।

कतिपयले घटना के थियो भन्ने जान्न खोज्दा गोरिल्लाले ती व्यक्तिलाई आफ्नो शिकार बनाए की भनेरपनि सोधेका छन् । यो क्लिप हेरेपछि के भन्न चाहनुहुन्छ तपाई पेजमा कमेण्ट गर्नुहोला ।

स्तब्ध पार्ने अर्को यो भिडियो २२ मे मा ट्विटर ह्यान्डलमा साझा गरिएको थियो। यसमा हामीले देख्न सक्छौं कि चिडियाखानाको घेरामा एक सिंह बन्द छ । अर्कोतर्फ केही मानिसहरू छन्।

ती मध्ये एकले घेराको जालमा औँला घुसाएर सिंहलाई छोएर सताउँछन्। उनका साथीहरूले यो सबै क्यामेरामा कैद गर्न थाल्छन्। त्यसपछि अचानक सिंहले व्यक्तिको औंला समात्छ। उसको पकड यति बलियो छ कि साथीको हाँसो चिच्याहटमा परिणत हुन्छ।

https://twitter.com/Allstar023/status/1528429465788895233

तर सहयोग गर्नुको सट्टा नजिकै उभिरहेका उनका साथीहरूले पीडादायी क्षणलाई खिचिरहेको देखिन्छ। तर, अन्त्यमा सिंहले मानिसको औंला छोडिदिन्छ । तर त्यो औंला व्यक्तिको हातमा रहन्छ कि सिंहको मुखमा रहन्छ भन्ने स्पष्ट छैन।

 

सम्बन्धित खबरहरु