उसँग २ वर्ष अगाडिबाट फेसबुकमा भेटेको थिए । हामी लगातार बोल्दै गयौँ । लकडाउनमा हामी एक अर्का झनै नजिक हुँदै गएका थियौँ ।

मलाई उ एकदम मन पर्न थाल्यो । अनि मैले उसलाई प्रेम प्रस्ताव गरे । उसलेपनि तीन चार महिनापछि सोचेर भन्छु भनिन् ।

त्यसपछि हामी एक अर्का भेट्न थाल्यौँ । हामी झनै नजिक हुँदै गयौँ । हामीबीच फिजिकल रिलेशनपनि भयो ।

त्यसको १० महिनापछि उसको अर्को केटासँगपनि सम्बन्ध रहेको थाहा पाए । मैले तिम्रो अर्को केटा रहेछ भने, उसले हैन त्यस्तो केही हैन भन्यो ।

त्यसै बोलेको मात्र भन्यो । मेरो तीन बर्ष अघिको ब्रेकअपपछि मैले आफूलाई सम्हाल्न सकेको थिइँन । त्यसपछि कोही केटीपनि मन पराएको थिइँन । त्यसपछि मैले उसको बहिनीलाईपनि भने ।

उसको बहिनीलेपनि दिदिले त्यसै बोल्नु भा होला । सिरियस रिलेशन छैन भन्यो । मैलेपनि ठिकै होला भनेर फेरी सम्बन्ध निरन्तरता दिए । मलाई नी उसलाई भेट्नु, रमाईलो गर्नु बानी परिसकेको थियो । सबै राम्रो चल्दै थियो । मैले फेरी उसले अर्को केटासँगपनि बोलेको भेटे ।

किनकी उसको फेसबुकको पासवर्ड मसँगपनि थियो । म बेलाबेला खोलेर हेर्ने गर्थे । उ केटाहरुसँग बोल्थ्यो र च्याट डिलिट गर्थ्यो । फेरि मैले उसलाई के हो ? भनेर सोधे । ह्या केही हैन ।

त्यो फुच्चे भाई हो तर वेष्ट फ्रेण्ड जस्तै छ । मिल्छ कहिलेकाही बोल्छु भन्यो । यसो सोच, भाई हो, साथी जस्तो छ ठिकै छ त बोल्नु भने । तर लभका कुरा, रिलेशनका कुरा देखे । फेरी खप्न सकिन र भने ।

उसले लल ठिकै छ त्यसलाई ब्लक गरिदिन्छु भन्यो र फेसबुकबाट ब्लकपनि गरिदियो । केही दिन चल्दै थियो । पछि फेरी हेरेको त्यो केटा त फेरी साथी रहेछ । अनि मैले फेरी तिमीहरुको च्याट देखेँ भने, यो बीचमा उसले फेसबुकको पासवर्ड चेन्ज गरेको थियो ।

त्यसपछि उसले कसरी भन्यो । मैले आफै फेसबुकको पासवर्ड चेन्ज गरेर हेरे भनिदिए । हेर्न मन लाग्छ सो हेरिदिए भने, उसले त्यो कुरालाई खासै मतलब गरेन । तर खुबै केयर गरेजस्तो गर्छ ।

हामी प्राय राति बोल्छौ । उ मसँग बोल्दै अरुसँग च्याट गरिरहेको हुन्छे । थाहा त भइहाल्छ नी अरुसँग च्याट गरेको छ । मैले उसलाई युज गर्न हैन । एज अ वाईफ चाहेको थिए । तर उसको माया सबैलाई बराबर रहेछ ।

अब फेरी मैले उसको अर्कोपनि फेसबुक आईडी छ भन्ने थाहा पाए । तर उसलाई मैले यो कुरा चै भनेको छैन । र भन्नपनि मन छैन । कति भन्नु ।

तर तिमी छौ नी लाष्टै चालु रैछौ । कस्तो सोझो सोचेको यार तिमीलाई तर तिमी छ्या । अब मपनि तिमीले गरेजस्तै गर्छु । केबल प्रेमको बहाना मात्र ।

हुन त त्यसको लायक नी छैनौँ तर नी... तिमीले सोचिरा होला मलाई केही थाहा छैन । नानु तर सब थाहा छ । सो कृपया मलाई अब म के गर्ने भनेर बताउनुहोस् । जसले यो पढ्नुभएको छ कृपया मलाई राम्रो सुझाव दिनुहोस् । ?????

 

सम्बन्धित खबरहरु