काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय बैठकले सोमबार (आज) बस्ने सचिवालय बैठकका एजेन्डा तय गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा लगायतका एजेन्डा तय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई असार २ र ३ गते गरिने प्रशिक्षण, विभागको पूर्णता तथा समसामयिक विषयमा छलफल गर्नेगरी एजेन्डा तय गरिएको ज्ञवालीले बताउनुभयो ।

सम्बन्धित खबरहरु