काठमाडौं । शनिबार दिनभर एउटा घटनाले सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा पायो । त्यो घटना थियो नुवाकोट ककनीको । माइला विक भनेर चिनिने हिमबहादुर विक माथिल्लो त्रिशूली–३ ‘ए’को विद्युत प्रशारण लाइनमा चढेपछि शनिबार दिनभर यो घटनाले चर्चा पाएको हो ।

आश्रम संचालक मीरा केसीसँग माइला विक

पारिवारिक समस्या रहेका उहाँलाई अहिले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नवजीवन परोपकार आश्रममा राखिएको छ ।

संस्थाका अध्यक्ष दुर्गानाथ दाहालका अनुसार पारिवारिक समस्या रहेका उहाँले मर्न मन लागेर तारमा चढेको बताउनुभएको छ।

‘यहाँ ल्याएपछि त्यसरी किन बिजुलीको तारमा चढ्नुभयो भनेर सोध्यौ, पारिवारिक समस्या भएर झुण्डिएर आत्महत्या गर्नुभन्दा आकाशमा मर्छु भनेर गएको थिएँ भन्ने जवाफ दिनुभयो,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार अहिलेसमेत विक कहिले सुरको कुरा गर्नुहुन्छ, कहिले बेसुरको कुरा गर्नुहुन्छ ।

‘‘बेलाबेला आश्रमको काममा पनि सहयोग गर्नुभएको छ । बेला सुरकै कुरा गर्नुहुन्छ बेला सुरको कुरै गर्नुहुन्न’’, दाहालले विकको अवस्थाबारे भन्नुभयो।

सोमबार विकको स्वास्थ्य अवस्था परीक्षण गरिने र उहाँलाई के औषधि प्रयोग गर्ने भन्ने कुरा टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

अहिलेसम्म विकको परिवार सम्पर्कमा नआएको दाहालले बताउनुभयो । शनिबार बिहान ७ बजे प्रसारण लाइनको पोल चढ्ने प्रयास गरेको देखेका थिए ।

स्थानीयलाई उद्धृत गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उनी लामो समयसम्म पोलमै बसेको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु