काठमाडौं । नेपालमा मनसुन सुरु भएको छ । यही हप्तादेखि सुरु भएको मनसुन देशभर सक्रिय भइरहेको छ । अहिले देशभर फैलिसकेको छ ।

नेपालमा यसपटक ३० वर्ष यताकै धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि–मनसुनकै समयमा मनसुन धेरै नै सक्रिय रहेकाले यसपटक ३० बर्ष यताकै बढी बर्षा हुने अनुमान गरिएको महाशाखाका मौसमविद गंगा नगरकोटीले जानकारी दिनुभयो ।

यसबेला विविध कारणले गर्दा मौसम छिटोछिटो परिवर्तन हुने भएकाले पूर्व अनुमान गर्न गाह्रो भएपनि ‘सिजनल आउटलुक’ हेर्दा यसपटक औसतभन्दा बढी बर्षा हुने देखिएको उहाँले जानकारी दिनुभयो ।

वर्षायाम सुरु हुनुभन्दा अगाडि नै प्रि–मनसुन बढी नै सक्रिय भएकाले मौसममा यस्तो परिवर्तन देखिएको हो, उहाँले बताउनुभयो ।

नेपालमा मनसुनपूर्वको समय सुरु भएसँगै पानी पर्ने क्रम बढेको छ । काठमाडौँ लगायत ठाउँमा दिनहुँजसो बर्षात भइरहेको छ ।

मार्च महिनाबाट सुरु भएर मे महिनासम्म प्रिमनसुनको समय रहने र त्यसपछि मनसुन सुरु हुने गर्दछ । अहिले भने नेपालमा मनसुन सुरु भएको छ ।

हावाहुरि चल्ने, चट्याङ पर्ने जस्ता कुरा मनसुनमा भन्दा प्रि–मनसुनमा धेरै हुने पनि नगरकोटिले बताउनुभयो ।

तर, प्रि–मनसुन सँधै यति कै सक्रिय हुन्छ भन्ने नभएको र यदाकदा यस्ता गतिविधि भएर पनि पानी नपर्ने पनि हुन सक्ने पनि उहाँको भनाई छ । अब भने मनसुन सुरु भएको छ ।

मे महिनाको मध्यदेखि नेपालमा मनसुन सुरु हुनेभएपनि यो पटक केही दिन छिटो भएको छ ।

 

सम्बन्धित खबरहरु