काठमाडौं । नेकपा माओवादी केन्द्र गम्भीर संकटमा फसेको छ ।

पार्टी नै फुट्ने अवस्थामा पुगेपछि त्यसलाई जोगाउँन चाल सुरु गरिएको पार्टीको गोप्य स्रोतले बतायो ।

नेता नारायणकाजी श्रेष्ठले पार्टी फुटाएर ओलीसँग नेकपा एमालेसँग बामगठबन्धन गर्ने स्पष्ट रुपमा बताएपछि त्यसलाई टार्न अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल सुरु भएको गोप्य स्रोतको दावी छ ।

अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाएर अर्थमन्त्री नेपाली कांग्रेसलाई दिने र माओवादीले गृहमन्त्री लिनेगरी सत्ता गठबन्धनमा समेत छलफल भएको छ ।

पार्टी फुटलाई बचाउँन नारायणकाजीलाई माओवादी तर्फको सरकारको नेतृत्व दिँदै गृह तथा उपप्रधानमन्त्री बनाउँनेगरी कार्ड फ्याकिएको बुझिएको छ । तर चुनावको बेला गृह दिन मन्त्रालय दिन कांग्रेसले इन्कार गरेको छ ।

पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले पुष्टि गर्नुभयो ।

‘अर्थमन्त्रीको गतिविधिका कारण अब हामी धेरै नाङ्गिने ठाउँ छैन,’ एक नेताले भन्नुभयो, ‘उहाँलाई फिर्ता बोलाउनुपर्छ भनेर अध्यक्ष कमरेडसँग कुरा राखेका छौं, अध्यक्षले पनि यसबारेमा सोच्छु भन्नुभएको छ ।’ यो दुबै कार्डको रुपमा प्रयोग हुने देखिन्छ उहाँले भन्नुभयो ।

पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेको छ यता नारायणकाजीपनि मिलाउन सक्ने ठाउँ आउँछ भने अध्यक्ष प्रचण्डपनि त्यसका लागि तयार हुनुभएको छ ।

अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उहाँकै निवास खुमलटार बोलाएर छलफल गर्नुभएको थियो । उहाँहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो । तर छलफलमा के भयो भन्नेबारेमा चाहिँ खुलेको छैन ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अर्थमन्त्री शर्मा आइतबार दिउँसो चार बजे आएर करिब दुई घण्टा प्रचण्ड निवासमा बसेर गएको पुष्टि गर्नुभयो । तर छलफलबारे भने आफूलाई कुनै जानकारी नभएको उहाँको भनाई छ ।

अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आलोचना भइरहेको छ ।

यसअघि नै शर्मालाई हटाउने कोसिस भएको भए पनि बजेट ल्याउने बेलामा नराम्रो सन्देश जाने भन्दै त्यसलाई बजेटपछि सारिएको थियो ।

अर्थमन्त्री शर्मालाई हटाएर सूचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थको जिम्मेवारी दिनेमा कांग्रेसपनि सहमत छ । तर गृहमन्त्रालय छोड्न भने कांग्रेसले आनाकानी गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु