काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खडकाले राष्ट्रियता जोगाउनका लागि कांग्रेस पूर्वराजासँग मिल्नुको विकल्प नभएको बताएका छन् ।
शुक्रबार राजधानीमा बीपी मेमोरियल स्टुडेन्ट फाउन्डेशनले गरेको कार्यक्रमा अतिथी बनेका खडकाले भने, ′राष्ट्रियता जोगाउनका लागि पूर्वराजासँग मिलेर जाँदा राम्रो हुन्छ । यसले कांग्रेसलाई मात्रै होइन, सिंगो राष्ट्रलाई हित गर्छ।′
उनले राष्ट्रियताका विषयमा कांग्रेस र पूर्वराजा एकै ठाउँमा रहेको बताए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।