काठमाडौं । एक भेटले सत्ता गठबन्धनभित्र हलचल मच्चिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भेट भएको हो ।

उहाँहरुबीच बाम गठबन्धनका विषयमा छलफल भएको हो । जानकारी अनुसार आइतबार साँझ नेता श्रेष्ठ ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नु भएको थियो ।

झण्डै साढे २ घण्टा चलेको भेटमा विशेष गरेर तीन विषयमा छलफल भएको थियो । दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भयो ।

श्रेष्ठ निकट एक नेताका अनुसार राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी गरियो ।

एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न नसकेको जानकारी गराइएको छ ।

नेता श्रेष्ठले पनि ओलीसँग भेट भएको कुरा पुष्टि गर्नुभयो । तर भेटमा भएको कुराकानीबारे उहाँ उल्लेख गर्न तयार हुनु भएन् । नेता श्रेष्ठले माओवादी छोड्न सक्ने संकेत बेला बेलामा देखिने गरेको छ ।

 

सम्बन्धित खबरहरु