काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको निर्णयपछि उहाँले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो । खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुनुहुन्छ ।

यसअघि उहाँ पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने विषयमा दुविधा रहेको थियो ।

नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनु भएको थियो ।

जानकारी गराउ कि यसअघि सामाजिक अभियान्ता पुकार बमले पनि क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ । सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी थालेको छ ।

 

सम्बन्धित खबरहरु