कपिलवस्तु । ‘देखाउन र भन्न नै लाज लाग्ने ठाउँमा टोकेको छ । व्यथा केही छैन, तर बहुलाएर मर्ने खतरा छ’, ५० वर्षीय भदइन अहिर यादवले भने, ‘सूई नलगाई हुँदैन भन्छन । त्यसैले अस्पताल आएको हजुर ।’

गोटिहवा गाविसमा रहेको ससुराली गाउँमा गएको बेला बिहीबार विहान खेतमा दिसा बस्दै गर्दा कुकुरले गोप्य अंगमा टोकेकोपछि उपचारकालागि कपिलबस्तु अस्पतालमा पुगेका फुलिका गाविस निवासी यादवले डाक्टरसामू यसरी आफ्ना कुरा राखे ।

दिसा बसेको ठाउँमा उनको गोप्य अंग टोकेको कुकुले त्यसअघि उनकै सालाकी ७ वर्षीय छोरी साधना यादवलाई पनि दिसा बसेकै ठाउँमा बायाँ हात र चाकमा टोक्यो ।

गाउँका अन्य चारजनालाई पनि केहिदिन अघि सोही कुकुरले टोकेको थियो । धेरै स्थानीयलाई चोट लागेपछि रिसले आगो भएका गाउँलेले त्यो कुकुलाई कुटीकुटी मारे ।

तराईमा धेरै मानिसहरु ठाउँमा दिसा गर्न बस्ने क्रममा कुकुरले टोक्ने र सर्पले डस्ने गरेका घटना दोहोरिने गरेका छन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु